सहजै नागरिकता नपाएको समलिङ्गीको गुनासो


प्रकाशित मिति :2017-12-17 11:45:12

–महिला खबर–

सुनसरी । सुनसरीका समलिङ्गीहरूले सहज रुपमा नागरिकताको प्रमाण पत्र पाउन नसकेको गुनासो गरेका छन् । इटहरीमा पत्रकार सम्मेलन गरी समलिंगीको क्षेत्रमा कार्यरत निलहिरा समाज र सहारा समाजले त्यस्तो गुनासो गरेका हुन् ।

सर्वोच्च अदालतले २०६४ पुस ६ गते समलिङ्गी वा तेस्रो लिङ्गीलाई बिना भेदभाव नेपाली नागरिकता उपलब्ध गराउन आदेश जारी गरे पनि सो आदेशको कार्यावन्यन नभएको भन्दै उनीहरूले राज्यको ध्यानाकर्षण गराएका छन् ।

अदालतको आदेश जारी भएको १० बर्ष बिते पनि अझैं तेस्रो लिङ्गी समालिङ्गीले सहज रुपमा नागरिकता पाउन नसकेको भन्दै उनीहरूले आक्रोस जनाएका छन् ।

निलहिरा समाजका सुमन तामाङका अनुसार सुनसरीमा मात्र झण्डै २५ देखि ३० हजारको सङ्ख्यामा तेस्रो लिङ्गी छन् । त्यसमध्ये महिलाले पुरुषभन्दा धेरै पीडा भोग्नुपरेको उनको भनाइ छ ।

नयाँ संविधान प्राप्त गरिसकेको अवस्थामा सम्पूर्ण नागरिकप्रति समान व्यवहार गरिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै विभेदको दर बढ्दो क्रममा रहेको तामाङले बताए ।

तामाङले अझै पनि तेस्रोलिङ्गी विवाहलाई समाज र राज्यले समेत नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताए । उनले संविधानमा भएको व्यवस्था एवम् जारी आदेशलाई व्यवहारमा उतार्न आग्रह गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: