दाइजो नल्याएको भन्दै पहिले पशु गोठमा राखियो, अहिले घर निकाला


प्रकाशित मिति :2017-12-18 10:56:13

दाइजो नल्याएको भन्दै घर निकाला गरिएकी गीता ।

-नरेन्द्र बस्नेत-

मोरङ । मोरङको उर्लाबारीमा दाइजो नल्याएको भन्दै एक किशोरी (विवाहित) घरबाट निकालिएकी छन् ।

उर्लाबारी जस्तो सुगम र शिक्षित ठाउँका चन्द्रबहादुर पौडेल र उनको परिवारले विवाहमा दाइजो नल्याएको भन्दै उर्लाबारी–२ भुसी माइती भएकी गीता पौडेललाई घर निकाला गरेका हुन् ।

१८ वर्षीया गीताको गत वर्ष बैशाखमा उर्लाबारीका चन्द्रबहादुर पौडेलसँग मागी विवाह भएको बताइएको छ ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई चन्द्रबहादुर पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा ससुरा तुलबहादुरको निधन भएपछि सासु र श्रीमानले विवाहमा दाइजो नल्याएको भन्दै मानसिक यातना दिन थालेको गीताले बताइन् ।

दाईजोको निहुँमा श्रीमान र सासुले आफूलाई शारीरिक तथा मानसिक यातना दिनुका साथै भैसी गोठमा राखेको गीताको भनाइ छ ।

यस सम्बन्धमा माइतीमा कुरा गर्न खोज्दा फोन सम्पर्क गर्न नदिएको, धम्क्याएको र कुटपिट गर्ने गरेको पनि उनले बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।

उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ ।

हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् । उनले आफू पीडित भएको र अन्यायमा परको कारण न्यायको खोजीमा रहेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: