मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव


प्रकाशित मिति :2017-12-18 11:21:52

–महिला खबर–

काठमाडौं । स्वास्थ्य मन्त्रालयले क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराइरहेका र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव आगामी मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जानकारी दिएको हो ।

बैठकले उक्त प्रस्ताव पारित गरेपछि मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीले मासिक रुपमा उक्त रकम भत्ता स्वरुप प्राप्त गर्नेछन् ।

स्वास्थ्य मन्त्री दिपक बोहराका अनुसार सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको केही हिस्सा रकम मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिने बताए ।

सो रकम बिरामीको जीवन निर्वाहका लागि प्रदान गर्नका लागि बैठकमा प्रस्तावका लागि लग्न लागेको मन्त्री बोहोराले बताए ।

‘यस्ता रोगका बिरामी नेपालमा बढ्दो छ । उनीहरुकोे जीवन निर्वाहका लागि बिरामीहरुलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्नको लागि यो प्रस्ताव मन्त्रीपरिषद्को वैठकमा लग्न लागिएको हो’ मन्त्री बोहराले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: