तथ्याङ्क भन्छः दोलखामा महिला कुष्ठरोगी शुन्य


प्रकाशित मिति :2017-12-18 13:58:34

–महिला खबर–

दोलखा । दोलखामा चार बर्ष यता महिला कुष्ठरोगी नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । आर्थिक बर्ष ०७१\०७२ मा दोलखामा तीन जना कुष्ठरोगी भेटिएकोमा एक जना महिला रहेका थिए ।

तर अहिले दोलखामा महिला कुष्ठरोगी नभएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका क्षयरोग कुष्ठरोग शाखाका अधिकृत जितेन्द्रकुमार कर्णले बताए । दोलखामा आर्थिक बर्ष ०७२\०७३ मा दुई जना पुरुष कुष्ठरोगी भेटिएका थिए भने आर्थिक बर्ष ०७३÷०७४ मा २ जना पुरुष कुष्ठरोगी र आर्थिक बर्ष ०७४\०७५ को मंसिरसम्ममा १ जना कुष्ठरोगी भेटिएका छन् ।

तस्विरः कुष्ठरोग सम्बन्धि चेतना मूलक सडक नाटक

नेपालमा कुष्ठरोग निवारण कार्यक्रम सन् १९८२ देखि सुरु भएपनि दोलखामा ५\६ बर्ष यता भने कुष्ठरोग निवारण भएको कर्णले बताए । अन्तराष्ट्रिय मान्यता अनुसार १० हजार जनसंख्यामा कुष्ठरोगी १ जना भन्दा बढी भेटिएन भने त्यसलाई कुष्ठरोग निवारण भएको मानिन्छ । दोलखा जिल्लाको झण्डै दुई लाख जनसंख्यामा दुई जनामात्र कुष्ठरोगी भेटिएकोले दोलखामा कुष्ठरोग निवारण भएको कर्णको भनाइ छ ।

दोलखामा २०५७\०५८ सालतिर २०\२२ जना कुष्ठरोगी रहेको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयसंग रहेको छ । ‘२०६६ सालसम्म पनि दोलखामा ९ जना कुष्ठरोगी रहेका थिए तर अहिले यो रोग निवारण भएको छ’ जिल्ला स्वास्थ्य कार्यालय दोलखाका क्षयरोग कुष्ठरोग शाखाका अधिकृत कर्णले भने । नेपालमा कूल जनसंख्यामा ० दशमलब ९६ प्रतिशत कुष्ठरोगी भेटिएका छन् भने दोलखामा कुल जनसंख्यामा ० दशमलब ०१ प्रतिशतमात्र कुष्ठरोगी भेटिएका छन् ।

माईक्रो ब्यक्टेरीयम लेप्रे नामको ब्यक्टेरीयाबाट हुने कुष्ठरोग सर्ने (एमबि) र नसर्ने (पिवि) गरी दुई प्रकारको हुने र यो श्वासप्रश्वासको माध्यमबाट अर्कोमा सर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कुष्ठरोगीहरूले नियमीत १२ महिनासम्म औषधि खाएपछि यो रोग ठिक हुने र औषधि सेवन गरीरहेको विरामीबाट भने यो रोग नसर्ने सवास्थ्यकर्मीहरू बताउँछन् ।

दोलखा जिल्लामा कुष्ठरोगका विरामीलाई परिवारले साथ र सहयोग दिएको भएपनि उनीहरू खुला रुपमा उपचारको लागि भने नआउने कर्ण बताउँछन् ।

जिल्लाको धेरै ठाँउमा कुष्ठरोगको औषधि पाईने भएपनि जिल्लामा भेटिएको भीरकोट र सुनखानीका विरामी औषधि लिन सदरमुकाम नै आउने गरेको कर्णले बताए । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जिल्लालाई पुर्ण रुपमा कुष्ठरोग निवारण जिल्ला बनाउँन विरामी पत्ता लगाउने र उपचार गर्ने अभियान निरन्तर जारी राखेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: