भाउजूसँग जबर्जस्ती विवाह गराइदिएको कारण एक किशोरले भारतको गयामा गत मंगलवार विहान आत्महत्या गरेका छन् । कक्षा नौ मा अध्ययनरत किशोर महादेव कुमारले गत सोमवार आफ्नो मृतक दाइको श्रीमती रुबी देवीसँग परैया भन्ने ठाउँको जमालपुर देवीको मन्दिरमा विवाह गरेका थिए ।
पहिलो विवाहबाट उनको भाउजूको दुई छोराछोरी छन् । एउटा सात वर्षीया छोरी र अर्को चार वर्षीय छोरा । उक्त किशोरको दाइको सन् २०१३ मा मृत्यु भएको थियो। उनी बिजुली मर्मत गर्ने काम गर्थे।
गयाकी प्रहरी निरीक्षक गरीमा मल्लिकले बताए अनुसार केटाको बुवा र केटीको आमासहित दुईजनालाई गिरफ्तार गरिएको छ । केटोको बुवालाई जेठो छोरोको मृत्यु भएपछि कम्पनीले उनलाई मुआब्जा दिएको करीब एक लाख तेत्तीस हजार रुपियाँ हिनामिना गरेको आरोप लागेको छ।
केटीको परिवारका सदस्यहरुले केटाको बुवालाई उनीहरुलाई मुआब्जा फिर्ता गरिदिन अथवा सानो छोरासँग उनीहरुको छोरीको (केटाको भाउजू) विवाह गरिदिन दवाब दिएका थिए । केटाको बुवाले पैसा फिर्ता गर्न नमानेपछि “जातिय” पञ्चयातले देवर र भाउजूको विहे गराउने निर्णय गरेको थियो।
“जातिय पञ्चयातका सबै सहभागीहरुलाई बालविवाह र आत्महत्यालाई प्रश्रय दिएका कारण कार्वाही गरिने छ,” प्रहरी निरीक्षकले भनिन्।
साभारः–द टाइम्स अफ इन्डिया
Comment Here!