११४५ः आफ्नै छोरादेखि पूर्व श्रीमानबाट कुटपिटसम्मका उजुरी


प्रकाशित मिति :2017-12-18 16:02:55

–सन्दिप वि.क –

काठमाडौं । गत आइतबार महिला आयोगको निःशुल्क हेल्पलाईनमा दैलेखबाट एक युवतीले फोन गरिन् ।
आयोगमा निशुल्क हेल्पलाईन सेवा ११४५ सुरु भएको पहिलो दिन हो त्यो । ती युवती हेल्प लाइनमा फोन गर्ने पहिलो व्यक्ति थिइन् ।

क्याम्पस पढ्दै गरेकी युवतीले हेल्पलाइनको बारेमा बुझ्न फोन गरेकी रहिछिन् । आफ्नो गाउँमा पनि महिला हिंसा हुने गरेको भन्दै हिंसाका घटना घट्न लागेमा फोन गर्ने बताइन्, र फोन राखिन् ।
गत विहिबार राति ११ बजे एक पुरुषले फोन गरे । नाताले छोरी पर्ने युवतीले आफू श्रीमानबाट कुटिदैँछु भनेर फोन गरेपछि उनले ११४५ मा फोन गरेका रहेछन् ।

काठमाडौंको बुढानिलकण्ठमा भएको यस घटनामा हेल्पलाइनका अपरेटरले तुरुन्त प्रहरीलाई फोन गरे । प्रहरीको टोलि त्यहाँ पुग्यो र महिलाका श्रीमानलाई पक्राउ गर्यो । अहिले श्रीमती कुट्ने श्रीमान प्रहरीमा छन् । उनीहरूको सम्बन्ध विच्छेद भएको लामो समय भएपनि श्रीमान पुनः कोठामा आउने, मार्ने धम्कि दिने गरेको महिलाले बताएपछि कुट्दै गरेको अवस्था प्रहरी त्यहाँ पुगेको हेल्पलाइनकी केश व्यवस्थापक विमला खड्काले बताइन् । महिलाका ६ वर्षका छोरा छन् । सम्बन्ध विच्छेद भइसकेकी पूर्व श्रीमती कुट्ने श्रीमानलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने तयारी गरेको छ । महिलालाई भने सुरक्षित बासमा राख्ने तयारी भएको व्यवस्थापक खड्काले बताइन् ।

हेल्पलाइनमा आफ्नै छोराले कुटपिट गरेको घटनाहरूपनि आउने गरेका छन् । गत सोमबार दिउँसो ३ बजे एक महिलाले फोन गरिन् ।  काठमाडौंको दहनचोककी ति महिलाले आफ्नै छोराले जाँड रक्सी खाएर आफू र बुहारीलाई समेत कुटपिट गरेको भन्दै फोन गरेकी थिइन् ।

पीडित महिला र पीडकलाई समेत आयोगमा ल्याएर मनोविमर्ष दिइएको व्यवस्थापक खड्काले बताइन् । आयोगमा एक हप्ताको अवधिमा १७ सय २५ वटा कलहरू आएका छन् ।  आएका फोन कलहरू अधिकांश श्रीमान, घरपरिवारबाट हिंसामा परेका महिलाहरूका छन् । आयोगको निशुल्क हेल्पलाइनमा दैनिक १५ देखि २० वटा महिला हिंसाका कलहरू आउने गरेको सम्बोधन परियोजनाकी व्यवस्थापक पलिता थापाले बताइन् ।

निशुल्क हेल्पलाइन सेवामा स्वयम् पीडित महिला, आफन्त वा छिमेकीले समेत फोन गर्ने गरेको थापाको भनाइ छ ।
हिंसा पीडित महिलालाई उजुरीको प्रकृति हेरेर कानूनी सहयोग, मनोसामाजिक परामर्श, सुरक्षित बास, प्रहरी सहयोग, बालबालिकालाई विशेष सेवा स्वास्थ्य उपचार तथा सेवा दिइएको छ ।

के हो ‘११४५’

लैंगिकतामा आधारित हिंसा भएको अवस्थामा टेलिफोन मार्फत तत्कालै निःशुल्क रुपमा प्राप्त हुने सेवा हो ।  जुनसुकै फोनबाट कल गर्दा पैसाँ लाग्दैन् । यो सेवा २४ अ‍ै घण्टा, हप्ताको सातै दिन उपलब्ध हुन्छ । यसमा एसएमएस बाट पनि खबर गर्न सकिनेछ । यसको वेबसाइट www.nwchelpline.gov.np  वा फेसबुक पेजमा पनि सम्पर्क गर्न सकिन्छ ।

कसले खबर गर्ने ?

यसमा स्वयं पीडित, पीडितको आफन्त वा साथी, हिंसाका घटना घटेको देख्ने वा सुन्ने व्यक्तिले, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्तिले, लैंगिक हिंसा न्यूनिकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ–संस्थाहरूले र अन्य जुनसकै व्यक्तिले पनि खबर गर्न सक्नेछन् । अथवा सम्वन्धित व्यक्तिले महिला आयोगमै आएर उजुरी दिन सक्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: