–महिला खबर–
दोलखा । रासनमा जनपथ प्रहरीलाई जति मात्र पैसा लिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरी र प्रहरी बीच झडप हुँदा ९ जना महिला म्यादी प्रहरी घाईते भएका छन् ।
आफूहरूले जायज माग गरी आन्दोलन गर्दा दुव्र्यवहार गर्दै लाठिचार्ज भएकोले हवल्दार मेजरलाई कार्वाहि गर्नुपर्ने र जनपथ प्रहरी सरह ६० रुपैयामा रासन खुवाउनु पर्ने म्यादी प्रहरीको माग रहेको छ । जनपथ प्रहरीलाई ६० रुपैयामा रासन खुवाउने गरिएको तर आफूहरूलाई भने ८० रुपैया लगाइएको म्यादी प्रहरीको आरोप छ ।

आन्दोलनरत महिला म्यादीहरू
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भने म्यादी प्रहरीलाई ६५ रुपैयामा रासन खुवाउने सहमति भएको बताए । कार्कीले जनपथ प्रहरीलाई ७० रुपैयामा रासन खुवाउने गरिएको र म्यादीलाई त्यो भन्दा ५ रुपैया कम ६५ रुपैयामा रासन खुवाउने निर्णय भएको बताए ।
आन्दोलनको क्रममा धकेलाधकेल हुदा केहि म्यादी घाईते भएको तर प्रहरीले कुटपिट र दुव्र्यवहार भने नगरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । एक महिला म्यादी प्रहरीले रासनको बारेमा सहमति भएपनि महिला म्यादी प्रहरीलाई कुटपिट गर्ने प्रहरीलाई कार्वाहि नभएको गुनासो गरिन ।
Comment Here!