कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान सुरु


वडा अध्यक्षदेखि स्थानीयको साथ

प्रकाशित मिति :2017-12-19 16:50:21

–महिला खबर–

कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिकाभित्र रहेका छाउपडी गोठ भत्काउने अभियान सुरु गरिएको छ । वडा कार्यालयको समन्वय एवं गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएको छ । महिला विकास केन्द्रका अध्यक्ष सीता बोहोराले नगरपालिकालाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान सुरु गरिएको बताइन् । उनले भनिन्, ‘अहिले कुरीतिको रुपमा रहेको छाउपडी हट्नुपर्छ, कानूनले पनि यसलाई अवैध भनेको छ ।’

अभियान सबै वडामा लगिने उनले बताइन् । छाउगोठ भत्काउने अभियानमा वडाध्यक्षहरूले समेत साथ दिएका छन् ।

कृष्णपुर, वेदकोट र झलारीमा सबैभन्दा बढी छाउपडी गोठ छन् । केहि सरकोकारवाला निकायहरू भ्ने महिलाहरू भने छाउपछी गोठ भत्काएरै मात्र यसको समाधान नहुने बताउँछन् । उनीहरू मानसिक रुपमै छाउगोठ भत्काउन आग्रह गर्छन् । 

वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेरका छन् । वडा नं १ का अध्यक्ष गिरीले छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले भत्काउनमा सहयोग गरिएको बताए ।

वडा नं १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएका छन् । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासित जनचेतनामूलक कार्यक्रम समेत गरेको थिए । सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ ।

कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका छन् । सुदूरपश्चिममा रजस्वला भएकाहरू समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीं गोठलाई छाउपडी गोठ भन्ने गरिएको छ ।

कृष्णपुर, वेदकोट र झलारीमा सबैभन्दा बढी छाउपडी गोठ छन् । केहि सरकोकारवाला निकायहरू भ्ने महिलाहरू भने छाउपछी गोठ भत्काएरै मात्र यसको समाधान नहुने बताउँछन् । उनीहरू मानसिक रुपमै छाउगोठ भत्काउन आग्रह गर्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: