धेरै महिला आफ्नै घरमा असुरक्षित


प्रकाशित मिति :2017-12-20 11:33:20

–यमुना खनाल–

सिराहा । सिराहामा महिला हिंसाका घटना अधिकांश नातेदार र आफन्तबाट घटेको देखिन्छ । महिलाहरू घरभित्रै सबैभन्दा असुरक्षित रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

एक वर्षको अवधिमा सिराहामा १ सय ६९ वटा महिला हिंसाका घटना घटे । आरेक नेपालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कले भन्छ– ती मध्ये अधिकांश घटना नातेदार र छिमेकीबाट भएका छन् ।

२०१७ जनवरी देखि २०१७ नोभेम्वर २३ सम्मको तथ्याङ्कमा १ सय ६९ वटा महिला हिंसाका घटना भएका छन् ।

आरेक नेपाल सिराहाले जारी गरेको वार्षिक प्रतिबेदनमा एक वर्षको अवधिमा भएका हिंसाका घटना मध्ये ५३ वटा घटना घरेलु हिंसाका घटना छन् । २० वटा घटना बलात्कारका छन् । बलात्कृत हुनेमा बालबालिका बढी छन् । सामुहिक बलात्कारका २, बलात्कारको प्रयास २, यौनजन्य हिंसा २, आत्महत्या ४, आत्महत्याको प्रयास १, शारीरिक र मानसिक यातना ३, कुटपिट २७, दाईजोको कारण मानसिक यातना ५, बोक्सीको आरोप ६, बहुविवाह १२, ज्यानमार्ने धम्की २, छुवाछुत सम्बन्धिका १ घटना ओरेक नेपाल सिराहाले सार्वजनिक गरेको छ ।

अधिकारकर्मी श्याम कुमारी साहका अनुसार महिला हिंसाका घटनाहरूको कारण खोज्दै जाँदा अशिक्षा, दाईजो र गरिवी रहने गरेको छ ।
धेरैजसो महिला आफ्नै नातेदारहरूबाट हिंसामा पर्नुले महिला घरभित्रै असुरक्षित देखाएको छ ।

महिला मानव अधिकार रक्षक संजाल सिराहाकी पूर्व अध्यक्ष जिवछी यादव महिलामाथि हुने हिंसाका घटना न्यूनिकरणका लागि न्यायिक समितिमा बस्ने महिलाहरूलाई सशक्तिकरण र जिम्मेवार बनाउँन जरुरी रहेको धारण राख्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: