छाउ भएका बेला शौचालय प्रयोग गर्न रोक


प्रकाशित मिति :2017-12-20 13:46:22

–महिला खबर–

बैतडी । बैतडीको मेलौली नगरपालिका वडानम्बर ८ कोटिगाउँका महिलाहरूले महिनावारी भएपछि शौचालय प्रयोग गर्न नपाएको बताएका छन् ।

कोटिगाउँमा रहेका करिब ५ सय घरपरिवारका महिलाहरू महिनावारी भएको बेला खुल्ला रुपमा शौच गर्ने गरेको स्थानीय तपेन्द्र बिस्टले बताए ।

महिनावारी भएकाले शौचालयमा दिसा पिसाब गर्दा शौचालय नै छोइन्छ भन्ने गलत मान्यताले आफूहरूले ७ दिनसम्म शौचालय जान नपाएको स्थानीय पुस्पा बिस्टले बताइन् ।

छाउ भएको बेला ७ दिन गोठमै बस्ने गरेका महिलाहरू दिसा पिसाब गर्न जंगल तथा खोलामा जाने गरेका छन् ।

५ सय परिवारका महिलाहरूले महिनावारी भएका बेला खुला ठाउँमा दिसा पिसाब गर्नुपर्ने भएकाले कोटिगाउँलाई खुल्ला दिसामुक्त गरेको समेत कुनै अर्थ नरहेको तपेन्द्र बिस्टले बताए ।

छाउ भएका महिलाले खाने कुरा बार्नेदेखि छुँदासमेत छोडे हाल्ने (पानी छर्किने) चलन अmझैं कायम छ ।

चितुवाबाट सबै भन्दा बढी प्रभावित क्षेत्र कोटिगाउँका महिलाहरूले डराइ–डराइ गोठमा बस्ने गरेको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: