आङ खस्ने समस्या बारे जनस्वास्थ्य कार्यालय बाँके संवेदनशील छैन


प्रकाशित मिति :2017-12-21 10:39:41

–रुपा गहतराज–

बाँके । महिला स्वास्थ्यसँग जोडिएको आङ खस्ने समस्या बारे जनस्वास्थ्य कार्यालय बाँकेमा अपेक्षित संवेदनशीलता देखिएको छैन । बुधबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा जनस्वास्थ्य कार्यालयले न त वास्तविक तथ्यांक दिन सक्यो न त जटिल बन्दै गइरहेको समस्या समाधानका लागि आफ्ना आगामी योजना नै प्रस्तुत गर्न सक्यो ।

गत वर्ष विभिन्न साबिकका ५ गाविसमा गरिएको स्वास्थ्य क्याम्पको तथ्यांकमा अडिएर जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्सिङ्ग अधिकृत सरिता चन्दले भनिन्, ‘बजेट अभावले सीमित ठाउँमा मात्रै क्याम्प चलाउन सकियो ।’ तथ्यांक माग गर्दा आफूसँग नरहेको भन्दै चन्दले भेरी अञ्चल अस्पतालले तथ्यांक समेत नदिएर अटेरी गरिरहेको पीडा पोखिन् ।

सेम्बोलिक रुपमा कालाफाँटा, बैजापुर, रनियापुर, बेलभार र बेतहनीमा गरिएको स्क्याम्पमा महिला स्वास्थ्य जटिलताका १ सय ९६ घटना फेला परेको जानकारी चन्दले दिइन् ।

उनका अनुसार बेतहनीमा सबैभन्दा बढी ६० घटना छन् । बेतहनीमै आङ खस्ने जटिल समस्याका २५ वटा घटना फेला परेको भएपनि उनीहरूले उपचार गरे गरेनन् भन्ने तथ्यांक पनि जनस्वास्थ्यसँग छैन । उनले समस्या भएर आएका बिरामी महिलाहरूको अवस्था बारे भेरी अञ्चल अस्पतालमा डा. कल्पना थापासँग सोध्न आग्रह गरिन् ।

अभियान नेपालले केडसँगको साझेदारीमा बुधबार आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकारबारे बाँकेका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दा यो तथ्य बाहिर आएको हो ।

अन्तरक्रियामा केडका प्रशिक्षक इश्वरी नेपालले आङ खस्ने रोगबाट १० लाख बढी नेपाली महिला प्रत्यक्ष प्रभावित भैरहेको तथ्य पेश गरिन् । तर यी मध्ये राज्यले ४६ हजारको मात्र उपचार गरेको पनि उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: