महिलाले सञ्चालन गरेको सहकारीको लगानी एक करोड ६० लाख


प्रकाशित मिति :2017-12-21 11:57:07

–बेलिना थापा–

लमजुङ । लमजुङको राइनास नगरपालिका ८ तार्कुघाटमा महिलाहरुले सञ्चालन गरेको मिलीजुली ताजा तरकारी कृषि सहकारी संस्थाले एक करोड ६० लाख रुपैयाँ लगानी गर्न सफल भएको छ ।

सहकारीको १३ औँ साधारण सभामा सहकारीले सो रकम बराबरको लगानी गरेको जनाएको छ ।  कार्यक्रममा महिला विकास अकिृत विष्णुमाया पौडेलले महिला संशक्तिकरण र समानताका लागि अघि बढ्न आग्रह गरिन् ।

सहकारीको माध्यमबाट महिलालाई थप संशक्तिकरण हुने उनको भनाइ छ ।  २०६० सालमा स्थापना भएको सहकारी ३१ जना महिलाबाट शुरु भएको हो । संस्थामा हाल ५ सय ७ जना सदस्य रहेका छन् । यस्तै सहकारीको बाल बचत मात्र एक सय पचास रहेको छ । कार्यक्रममा एकल महिला, अपाङ्गता भएका व्यक्ति, एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान गरीएको छ । कार्यक्रम सहकारीकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: