आमाको पीडाले जगाएको विद्रोह


प्रकाशित मिति :2017-12-21 13:16:31

अधिकारकर्मी, शोभा बजगाँईको

मोरङ । दशै र अन्य चाडपर्वमा घरका सबै सदस्यले रातो टीका लगाइरहँदा उनकी आमा भने त्यो अवसरबाट बञ्चित भएको देखिन् । बुबाको देहान्त भएपछि आमाले रातो चुरा, रातो साडी लगाउँन छोडेको उनी सानै छँदा हो । घरमा अरुले टीका लगाउँने बेलामा आमा भक्कानिदा अधिकारकर्मी शोभा बजगाँईको मन निकै अमिलिन्थ्यो । बालापन भएका कारण उनलाई धेरै कुरा थाहा थिएन । जब उनी ठूली हुँदै गईन्, महिला हिंसाका बारेमा थाहा पाउँन थालिन्, बल्ल उनलाई थाहा भयो की– यो त चरम मानवीय हिंसा रहेछ । सोही हिंसाको शिकार भएकी रहिछिन् आफ्नी आमा भनेर ।

शोभाले पुराना दिन याद गरिन् । घरमा काकाकाकी, हजुरबुबा हजुरआमा लगायत अन्य सबै सदस्य पढेलेखेका र बुझ्ने हुनुहुन्थ्यो । बुवा बितेपछि विधवा बनेकी आमाले रातो लुगा र चुरापोते केही लगाइन् । बिहान कतै जाँदा अलच्छिनी आई भन्थे गाउँलेले । त्यस्तो शब्द सुन्न नपरोस्, त्यो तिरस्कार सहन नपरोस् भनेर उनकी आमा लुकीलुकी हिड्थिइन् । ‘आमाले सहेका ती घटना म टुलुटुल हेर्थे । केही बुझ्दिनथेँ । के गरेको होला यस्तो भन्ने लाग्थ्यो’ शोभाले विगत सम्झिइन् ।

बालापनमै आमाले सामाजिक रुपमा खेपेको तिरस्कारले शोभामा विद्रोहको भावना पलायो । त्यो कुरा मन पर्दैनथ्यो उनलाई । ‘अनि मैले विद्रोह गरेँ । आमाले रातो लुगा र टीका लगाउनुपर्छ भनेर केही चाडपर्वमा घरमा धर्ना नै बसेँ’ आमाको खुसीका लागि आफूले घरमै गरेको विद्रोह सुनाइन् उनले । त्यसको केही समयपछि घरका सबै सदस्यले शोभाकै खुसीका लागि भए पनि आमालाई रातो टीका, लुगा लगाउँन दिए । ‘त्यतिबेला धेरै खुसी भएँ ।’ शोभाले बिगत सुनाउँदै भनिन्, ‘सायद त्यहि बेलादेखि हिंसाविरुद्ध लाग्न सिकेकी रहेछु ।’

वि.स २०४१ साल भदौ १३ गते तेह्थुमको पिप्लेमा जन्मिएकी शोभा हाल सुनसरीको इटहरीमा बस्छन् । डिग्री क्यापस बिराटनगरबाट स्नातोकोत्तर गरेकी उनले पढाइपछि (पिएसआई) प्रोजेक्टमा ३ बर्ष महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी काम गरिन् । हाल ओरेक नेपालको बिराटनगर कार्यालयमा मुल्यांकन तथा अनुगमन अधिकृतका रुपमा काम गर्छन् । ओरेकमा आबद्ध भएदेखि उनी जिल्लाका सबै गाउँपालिका र नगरपालिका लगायत सुनसरी जिल्ला र अनौपचारिक रुपमा पूर्वाञ्चलका १ दर्जन बढी जिल्लाहरूमा महिला हिंसा विरुद्धको अभियानमा सक्रिय छन् ।

बिहान कतै जाँदा अलच्छिनी आई भन्थे गाउँलेले । त्यस्तो शब्द सुन्न नपरोस्, त्यो तिरस्कार सहन नपरोस् भनेर उनकी आमा लुकीलुकी हिड्थिइन् । ‘आमाले सहेका ती घटना म टुलुटुल हेर्थे । केही बुझ्दिनथेँ । के गरेको होला यस्तो भन्ने लाग्थ्यो’ शोभाले विगत सम्झिइन् ।

सार्वजनिक यातायातमा यात्रा गर्दा, पुरुष सहकर्मीहरूसँग हिँडदा, बोल्दा, आफ्नै अफिसमा आफूभन्दा सिनियरहरूबाट महिला हिंसा हुने गरेको उनको अनुभव छ । उनी आफू शिक्षित हुँदाहुँदै, महिला हिंसा हो भनेर जान्दा जान्दै पनि आफूले प्रतिकार गर्न नसकेको र हिंसा भईरहेको बताउँछिन् । हाम्रो समाज महिला मैत्री नभएकै कारण समस्या बढिरहेको र महिलाहरूमा आत्मबल कमजोर हुँदा हिंसाको शिकार हुनुपरेको उनको आफ्नै अनुभव छ ।

आर्थिक स्रोतमाथी समान पहुँच नहुँदा, आत्मनिर्भर बन्न नसक्दा, आत्मनिर्णय गर्न नसक्दा महिला हिंसाका घटना बढेको उनी बताउँछन् । प्रायजसो सामान्य परिवारमा भएका महिला हिंसाका घटनामात्र बाहिर आउने गरेको र सभ्रान्त परिवारमा भएका घटनाहरू विभिन्न कारणले बाहिर आउन नसकेको कारण पनि समस्याको समाधान खोज्न कठिन हुने गरेको उनको बुझाइ छ ।

महिला हिंसाका अधिकांश घटनाहरू यौन सम्बन्धमा दरार सिर्जना भएपछि हुने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालले पनि महिला हिंसा बढाउँन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

महिला हिंसाको जडसम्म पुग्न अझैँ नसकिएको र सामाजिक रुपान्तरणका लागि सबैजना लाग्नुपर्नेमा उनको जोड छ । महिला हिंसाका स्वरुपहरू फरक छन् । सबैभन्दा पहिला त जनचेतना अभिबृद्धि गर्न र यो समस्याको दिगो समाधान गर्न सबैले लागि पर्नुपर्ने उनको भनाइ छ ।

प्रस्तुतिः नरेन्द्र बस्नेत

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: