साहित्यकार प्रेमा शाहको निधन


प्रकाशित मिति :2017-12-21 13:22:17

–महिला खबर –

काठमाडौं । साहित्यकार प्रेमा शाहको ७५ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री जल शाहकी आमा प्रेमाको उपचारको क्रममा बिहीबार अमेरिकाको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो ।

उनी पछिल्लो समय अमेरिकामा बस्दै आएकी थिइन् । वि.स २००२ सालमा वीरगञ्जको श्रीपुरमा जन्मिएकी शाहले नेपाली साहित्य क्षेत्रमा विभिन्न कृतिहरु दिएकी छिन् । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा शाहको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो ।

शाहको पहिलो कृति पँहेलो गुलाफ (कथा संग्रह ०२३) हो । नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित यो कृति सशक्त कृति मानिन्छ । ०२८ सालमा ‘विषयान्तर’ कृति प्रकाशित भएको थियो । उनका ‘ममी’ चर्चित कृति हो । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास समेत प्रकाशित छन् । शाहले विभिन्न पत्रिकामा कथा र लेखहरु समेत लेखेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: