हिंसा न्यूनिकरणमा सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण


प्रकाशित मिति :2017-12-24 12:17:51

-महिला खबर-

काठमाडौं । समाजमा हुने चेलिबेटि बेचबिखन, लैंगिक तथा यौनिक हिंसा न्यूनिकरणमा सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना तथा जुरी नेपाल र सञ्चारिका समूहको सहकार्यमा भएको परामर्श गोष्ठिमा सहभागीहरुले प्रहरीले राजनीतिक दबाबका कारण पीडकलाई उन्मुक्ति दिन नहुने बताए ।

कार्यक्रममा सामुदायिक प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक डा.मेखबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्दै पीडितलाई न्यायदिन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘समुदायका नागरिकमा म पनि सामुदायिक प्रहरी हो,भन्ने भावना हुनुपर्छ, पीडितलाई न्यायदिन सबै जिम्मेवार हुनुपर्छ ।’ उनले सामुदायिक प्रहरीलाई समाजको मुटुको रुपमा लिनुपर्ने बताए ।

जुरी नेपालका अधिवक्ता विष्णु पोखरेलले समाजमा अपराधको स्वरुप परिवर्तन हुन थालेको भन्दै नागरिक सचेत हुनुपर्ने बताए । उनले राजनीतिक दबाबकै कारण पीडितले न्याय नपाएको भन्दै यसमा प्रहरी सचेत हुनुपर्ने बताए ।

पत्रकार कृष्ण केसीले समाजमा हुने हिंसा न्यूनिकरण गर्न सञ्चार, नागरिक समाज, समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिष्ठानका सदस्य देविका तिमिल्सनाले सामुदायिक प्रहरी जनमैत्री, मानवअधिकारमैत्री हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मानव अधिकार रक्षाका लागि लैंगिक हिंसा अन्त्य गर्नु आवश्यक छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: