–महिला खवर–
कपिलवस्तु । शुद्धोधन गाउँपालिका विठुवा–२ महादेवमा रहेको कृष्ण किशोरी संजालका किशोरीहरू आफ्नो गाउँ टोलमा बालविवाह विरुद्ध सचेतना जगाउदै आएका छन् ।
किशोरीहरूको लागि उनीहरु क्षमता विकास क्रियाकलाप समेत गर्ने गरेका छन् । महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितिको आयोजनामा गरिएको अनुगमन कार्यक्रममा संजालले गर्ने क्रियाकलाप बारे किशोरीहरूले प्रस्तुतीकरण गरेका थिए ।
६ वटा किशोरी समूहबाट संगठित गराएर कृष्ण किशोरी संजाल गठन गरिएको छ । संजालले अहिले स्कुलबाट बाहिर रहेका किशोरीहरूलाई पढ्न पठाउनको लागी घरमा पहल गरिदिने तथा समूहमा बचत उठाउने र आवश्यक ठाउँमा लगानी गर्ने कार्य गरिरहेको संजालका अध्यक्ष शेषकला पाण्डे बताउँछन् ।
यस्तै गरी सिजन अनुसार किशोरीहरू मैन बत्ती ,अगर बत्ती बनाएर स्थानिय बजारमा बेच्ने समेत गरेकोले किशोरीहरूले आफ्नो खर्च आफै जुटाउने गरेको पाण्डेले जानकारी गराइन् ।
यसै गरी पिपरहवा वाड नं ४ मा किशोरी समूहमा आवद्ध रहेकी १५ वर्षीय इन्दु चाईले पनि आफ्नो घरपरिवारले बालविवाह गरिदिन खोजेपछि आफूले त्यसको विरोध गरेको बताइन् । बालविवाह पछि हुने समस्या बारे आफूलाई राम्रोसँग जानकारी हुँदा आफ्नो गाउँमा पनि बालविवाह हुन नदिने प्रयास गरेको चाइ बताउँछिन् ।
Comment Here!