मेरो छोरा ‘गे’ वा ‘ट्रान्स ओमन’ हुन्छ भने मलाई स्वीकार्य छः माल्भिका
–महिला खबर–
काठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बाले हुर्कदै गरेको छोराले भोलीका दिनमा म ‘गे’ वा ‘ट्रान्स ओमन’ हो भन्छ भने आफूलाई स्वीकार्य हुने बताएकी छन् ।
यौनिक अल्पसंख्यक समुदाय अन्तर्गतको महिला समलिंगी ‘लेसवियन’ द्विलिंगी ‘बाइसेक्सुअल’ तथा महिला जन्मिएर पुरुषको स्वभाव विकास भएका ‘ट्रान्स मेन’हरुको ‘एलबीटी सम्मेलन’मा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
‘भोली मेरो छोरा एउटा ‘गे’ वा ‘ट्रान्स ओेमन’का रुपमा विकास भयो भने मलाई स्वीकार्य छ’ माल्भिकाले भनिन् ।
माल्भिकाले छोरालाई छोरा र छोरी दुईटै गुण सिकाएको बताएकी छन् ।
‘मेरो छोरा अहिले हुर्कदै छ । मैले उसलाई छोराको रुपमा साहसिक काम मात्र सिकाइरहेकी छैन । उसलाई मेकअप गरिदिने सुन्दर हुन पनि सिकाइरहेकी छु’ माल्भिकाले भनिन् ।
उनले ‘लेसवियन’ वा ‘गे’हरुले आफ्नै परिवारभित्र ठूलो संघर्ष गरिरहेको बताईन् ।
‘उनीहरु आफै परिवारसँग संघर्षमा छन् । ९० प्रतिशतले आफ्नो कुरा राख्न र परिवारलाई बुझाउँन सक्नुभएकै छैन’ उनले भनिन् ।
त्यस्तै उनले समलिंगी विवाहका अत्तिरिक्त ‘लिभिङ टुगेदर रिलेसन’ले पनि बैधानिकता पाउनुपर्ने बताइन् ।
‘कानुनी रुपमा समलिंगी सम्बन्धले वा लिभिङ टुगेदर रिलेसनले बैधानिकता पाएको छैन । विवाह गर्न चाहनेले बैधानिकता पाउनुप¥यो । विवाह गर्न चाहदैनन् भने ‘लिभिङ टुगेदर रिलेसन’ले पनि बैधानिकता पाउनुप¥यो’ उनले भनिन् ।
Comment Here!