मदिरा नियमनका लागि कडा निर्णय


प्रकाशित मिति :2017-12-24 16:26:09

–रुपा गहतराज–

नेपालगञ्ज । इच्छा शक्ति भयो भने वडास्तरमै पनि महत्वपूर्ण र दीर्घकालीन महत्वका कामहरू गर्न सकिन्छ भन्ने उदाहरणीय कामको सुरुवात गरेको छ नेपालगन्ज–१२ ले । ‘हामीलाई थाहा छ यो गाह्रो काम हो’, वडाध्यक्ष बुद्धिसागर सुवेदीले भने, ‘तर, आम जनताको सहयोगबाट यसलाई सार्थक परिणाममा पु¥याउने छौं ।’

नेपालगन्ज–१२ भित्र मदिरा नियमनका लागि कडा निर्णय गरिएको हो । ‘त्यसको खबरदारीका लागि चेतनामूलक ¥याली आयोजना गरेका छौंं’, वडाध्यक्ष सुवेदीले आम जनताको मागका आधारमा नै आफुले घरेलु मदिरा पूर्णत निषेध गरिएको र इजाजत प्राप्त मदिराका लागि पनि दैनिक दुई घण्टा मात्र विक्री समय छुट्याइएको जानकारी दिंदै भने । उनका अनुसार, साझ ७ बजेदेखि ९ बजेसम्म मात्र इजाजत प्राप्त पसलबाट वैधानिक मदिरा बेच्न पाउने व्यवस्था गरिएको छ ।

वडाले आफ्नो शासित क्षेत्रभित्र घरेलु मदिरा पूर्ण रुपमा उत्पादन र बेचबिखन निषेध गरिसकेको छ । ‘निर्णयलाई कडाईका साथ लागु गर्ने व्यवस्था मिलाइएको छ’, वडाध्यक्ष सुवेदीले भने । महिलाहरूको अत्याधिक सहभागितामा र्याली निकालिएको हो । ¥यालीमा सहभागी महिलाहरूमा अधिकांस चिडिमार समुदायका थिए ।

‘चिडिमार समुदायमा महिलाहरू मदिराका कारण घरेलु हिंसामा परेको अवस्था छ’, वडाध्यक्ष सुवेदीले उनीहरूकै प्रेरणाले पनि यो निर्णय गर्नलाई परिस्थिति सिर्जना गरेको बताए । र्यालीमा सहभागीहरूले वडा नं. १२ मा बालमैत्री शासन देखि घरेलु मदिरा मुक्त वडाका बारेमा जानकारीमूलक ब्यानर लिएर हिडेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: