प्रहरीले अनुसन्धान नगरेको गुनासो


प्रकाशित मिति :2017-12-24 16:52:56

–महिला खबर–

काठमाडौं । डोटीकी एक महिलाको हत्या भएको आशंका गरिएपनि प्रहरीले अनुसन्धान नै नगरेको महिलाका माइती पक्षले आरोप लगाएका छन् ।  गत मंसिर १६ गते राति डोटी जुरायल गाउँपालिका, १ की २५ वर्षीया लक्ष्मी विष्ट घरमै झण्डिएको अवस्थामा फेला गरेकी थिइन् ।
मृतकका दाजु गणेश विष्टले बहिनीका श्रीमान खडक बोहोराले विगतमा रक्सि खाएर बहिनीलाई कुटपिट र मानसिक तनाब दिदै आएकाले बोहोराले नै हत्या गरेको हुन सक्ने बताए ।

उनले भने,‘बहिनीको मृत्युको दिन पनि खड्क रक्सि खाएर आएका रहेछन्, त्यो दिन पनि बहिनी ज्वाइको झगडा भएको रहेछ, बहिनीको आँखाको माथिल्लो भागमा चोट पनि लागेको थियो, त्यसैले बहिनीको हत्या नै भएको देखिन्छ ।’
उनले अनुसन्धानका लागि प्रहरी समक्ष जाहेरी दिएपनि अनुसन्धान नगरेको आरोप लगाए । उनले भने, ‘बहिनीका श्रीमान खुलेआम हिँडिरहेका छन् । प्रहरीले केही गरेको छैन् । अनुसन्धान गर्न आउँछौ भनेको थियो । तर आएका छैनन् । जिल्ला प्रहरी कार्यालयमा पटक–पटक धाए तर अनुसन्धान गरेको छैन् ।’ प्रेमविवाह गरेका उनीहरुका दुई सन्तान छन् । लक्ष्मी गाउँकै एक विद्यालयका शिक्षिका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय डोटीका सई गगन गिरीले अनुसन्धान जारी राखेको बताए । उनले भने,‘अनुसन्धान जारी छ । ’

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: