क्रिसमसमा राष्ट्रपतिको शुभकामना


प्रकाशित मिति :2017-12-25 10:49:49

–महिला खबर–

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस पर्वको शुभकामना दिँदै यसले एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।

‘इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबिच प्रेम र एकताको भावना बढाउने विश्वास छ’ शुभकामना सन्देशमा भनिएको छ ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास पनि व्यक्त गरेकी छन् ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै राष्ट्रपतिले नेपालीबीच मनाइने चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: