नागरिकता लिने महिला बढी


प्रकाशित मिति :2017-12-25 15:00:01

–बेलिना थापा–
लमजुङ । लमजुङमा पछिल्लो समय नागरिकता बनाउने महिलाको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आव ०७४-७५ मा नागरिकता बनाउने दुई हजार ३ सय ९४ मध्ये एक हजार ३ सय ३० जना महिला छन् ।

आव ०७३-७४ मा पाँच हजार ४ सय ११ जनाले नागरिकता लिएका थिए । जसमा दुई हजार ७ सय ५५ महिला र दुई हजार ६ सय ५६ पुरुष छन् । सोही आवमा एक जना विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरी वैवाहिक अंगिकृत नागरिकता लिएकी थिइन् । आव ०७२-७३ मा पाँच हजार ३ सय ९२ जनाले नागरिकता लिएका थिए । जसमा दुई हजार ७ सय ६ जना महिला थिए । सोहि आवमा दुई जना भारतिय महिलाले नेपाली पुरुषसँग विवाह गरेर वैवाहिक अंगिकृत नागरिकता लिएका कार्यालयका नागरिकता शाखाका मोहनराज पौडेलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मैले न मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोड़िए हाम्रा पाइलाहरू उचालेर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: