देशैभरका किसान महिलाहरूले भने ‘भूमिमा संयुक्त लालपुर्जा हुनुपर्छ’


प्रकाशित मिति :2017-12-25 14:46:29

–नन्दा थापा–

काठमाडौं । महिला मैत्री किसान औजार, भूमिमा संयुक्त लालपुर्जा बनाउँन माग गर्दै किसान महिलाहरूको चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गरेको छ ।

देशैभरका महिला किसानहरूको सहभागितामा भएको सम्मेलनले स्थानीय तहबाटै आत्म सम्मानसहितको मर्यादित जीवनयापनका लागि भूमि अधिकारको ग्यारेन्टि गर्न आग्रह गरेको छ ।

सम्मेलनको उद्घाटन शत्र ।

यस्तो छ राष्ट्रिय महिला किसान सम्मेलन २०७४ को मागपत्रः

नेपालमा हामी गरीव, भूमिहिन र साना किसानहरू वास्तबिक खाद्य उत्पादक हौं । तर हामी भूमिहीन तथा साना किसानहरूसँग खेतीका लागि प्रयाप्त जमिन नहुनु, भएको जमिनमा पनि कम उत्पादन हुनु, भिरालो, पाखोर खोरिया जग्गा मात्र भएकोले मेहनत अनुसारको उत्पादन हुन सकिरहेको छैन । सरकारले कृषिका लागि दिने प्राविधिक सेवा, सुबिधा, बजेट र अनुदानहरूबाट बढि जग्गा हुने र ठूला किसानहरूले नै फाईदा लिईरहेका छन् । कृषि कर्म निर्वाहमुखी मात्रै बनिरहेकोे छ । त्यसैले गरीव, साना किसानको परिवारबाट युवाहरू बर्षेनी विदेश गईरहेका छन् । कृषिमा महिलाको भूमिका बढ्दै गईरहेको छ । तर तीनै महिला किसानहरू भूमिको अधिकार, पहिचान र सेवा सुबिधाबाट वञ्चित छन् । भूमिहीन, साना र महिला किसानहरूले सरकारले प्रदान गर्ने वीउ, मल, औजार, प्रविधि, तालीम, अनुदान, ऋण र जोखिम घटाउने विमा जस्ता कार्यक्रमबाट अत्यन्त थोरै लाभ लिन पाएका छौ ।

हामीले उत्पादन गरेको बस्तुको विक्रि वितरण गर्न व्यवस्थित बजारको अभाव छ । भएका बजारहरूमा पनि विचौलियाहरूले गर्दा उत्पादनको सहि मूल्य पाउन सकेका छैनन् । कृषिकै श्रम गरेर जीवन चलाईरहनेहरूले भने जस्तो ज्याला पाउँदैनन् । अझ महिला किसानहरूले न्यून ज्यालामा ? म गरिरहेका छन् ।

जलवायु परिवर्तनको असरले खेतीबालीमा रोग किरा र मिचाह जातीका झारहरूले गर्दा उत्पादन घट्दै गैरहेको छ । किसानहरू यसबाट बच्न पर्याप्त प्राविधीक ज्ञान विना खेतीपातीमा जथाभावी विषादी हाल्न विवश छन् । यसले भविश्यमा मानव स्वास्थ्यमा गम्भिर समस्या ल्याउने देखिन्छ ।

प्राकृतिक प्रकोपले गर्दा भिरालो, खोला, नदीको छेउको जग्गामा लगाएको बाली बर्षेनी नाश गरिरहेको छ । एकातिर उनीहरू बसिरहेको बास उच्च जोखिममा छ, अर्कोतिर लगाएको बालीको क्षतिपूर्ति नपाउँदा उनीहरूको जीवन संकटपूर्ण छ । वन र निकुञ्जको आसपासमा बसेका सिमान्त किसानहरू जंगली जनावरहरूको भौतिक आक्रमणमा पर्नुका साथै लगाएको बालीनाली नष्ट हुने गर्दछ ।

सरकारले दिर्घकालीन कृषि रणनिति ल्याएको छ । किसानलाई बर्गिकरण गरि सोहि अनुरुपको सुविधा दिने रणनितीमा उल्लेख छ । कृषिक्षेत्रलाई समाबेशि गराई महिलाको कृषि उत्पादनका श्रोतहरूमा महिलाहरूको पहुँच बढाउने, कृषि उत्पादन सम्बन्धी ज्ञान सिप र प्रविधि महिलामैत्री बनाउने लगाएतका विषय रणनीतिले समेटेको छ । भर्खरै प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भएको छ । अझ महत्वपुर्ण अवसर भनेको हरेक गाँउ र नगरमा स्थानीय सरकार गठन भएको छ । विगतमा जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्ने सेवा सुविधाहरू गाउँपालीका र नगरपालिकाहरूमा पुग्दैछ । कृषि, भूमि र प्राकृतिक श्रोत व्यवस्थापनको नीति, कार्यक्रम र योजना कस्तो बनाउने भन्ने अधिकार गाँउ र नगर सरकारलाई छ । लेखिएको अधिकार त्यत्तिकै महिला किसान सामु पुग्ने होईन । यसका लागि महिला किसानहरू स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रति जागरुक हुन, जिम्मेवारीप्रति सचेत हुन नीतिगत र आगामी भूमिकाको बिषयमा छलफल गर्ने र मुद्धाहरूमा सम्बन्धित निकायमा पु¥याउने उद्धेश्यका साथ ७ वटै प्रदेशका ३० जिल्लाबाट ७५ जना महिला किसानहरूको सहभागितामाराष्ट्रिय महिला सम्मेलन चितवनको ठिमूरामा सम्पन्न भयो । सम्मेलनले निम्न बिषयलाई घोषणापत्र मार्फत उजागर गरेको छ ।

तपशील

– स्थानीय तहमा बजेट बिनियोजन गर्दा कृषिक्षेत्रमा २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेछ । विनियोजन गरिएको बजेटलाई भूमिही, साना र महिला किसानहरूलाई पहिलो प्राथामिकता दिनुपर्नेछ ।
– महिलाका कार्यबोझ घटाउन र थोरै समयमा धेरै उत्पादन गर्ने महिलामैत्री कृषि औजारहरू (मकै छोडाउने मेसिन, धान, गहुँ र कोदो चुट्ने मेसिन, हाते ट्याक्टर) महिला कृषि समुह र कृषि सहकारीहरू मार्फत उपलब्ध गराउनु पर्नेछ ।
– महिला किसानको समुह र सहकारीलाई व्यबासायिक र कृषिमा उद्यमशील बनाउन व्यवसायिक सिप विकास तथा बजारीकरण तालिम, लेखा व्यवस्थापन तालीम, जैविक मल विकास, भकारो सुधार र वीउ सुरक्षा तालिम उपलब्ध गराउनुपर्नेछ ।
– केन्द्र, प्रादेशिक र स्थानीय सरकार, संघसंस्था र व्यक्तिको स्वामित्वमा रहेको जग्गालाई बाँझो राख्ने कामलाई दण्डित गरिनुपर्दछ । यस्तो जग्गामा महिला किसानहरूलाई सामुहिक खेती गर्न सहजरुपले (शून्य भाडा दरमा) जग्गा उपलब्ध गराउनु पर्ने ।
– भूमिमा महिला अधिकार सुनिश्चित गर्नका लागि एकल या सयुक्तपुर्जा अभियानलाई स्थानीय तहले अनिवार्यरुपमा आफ्नो बजेट तथा कार्यक्रम मार्फत अगाडि बढाउन बिशेष प्रथामिकता दिनुपर्नेछ ।
– कृषि पेशातर्फ आकर्षण बढाउँदै सम्मानजनक बनाउन र आमजनताको पहुँचमा हुनेगरी माध्यामिक तहको पाठ्यक्रममा कृषि शिक्षालाई अनिवार्य सञ्चालन गरिनुपर्नेछ । साथै गरिब र जेहन्दार छात्राहरूलाई कृषि र पशु प्राविधिक अध्यनका लागि विशेष छात्रबृत्ति प्रदान गरिनुपर्दछ ।
– महिला किसान र उनिहरूको संगठनको व्यवसायिक र व्यवस्थापकिय क्षमता विकासका लागि नीति र कार्यक्रम सहित पर्याप्त लगानी गर्नुपर्नेछ ।
– किसानहरूले गरेको उत्पादन सहकारी मार्फत गाउँमै संंकलन गर्ने र बजारसम्म पु¥याउनका लागि बिशेष सहयोग एवं प्रात्साहन गर्नुपर्नेछ ।
– स्थानीय तहको योजना तर्जुमा, भेला र कृषिसेवा सम्बन्धी आवश्यक सुचना प्रदान गर्दा सार्वजनिक सुचनाका साधनहरू जस्तै माईकिङ्क, मोवाईल एसएमएस र एफएम प्रसारणको समेत व्यवस्था गर्नुपर्नेछ ।
– कृषि कार्यालयबाट दिइने सेवासुविधाको पारदर्शिताको लागि सम्बन्धित कार्यालयमा नागरिक वडा पत्र राख्ने र सो को प्रतिलिपी हरेक किसानको हातमा पुर्याउनु पर्नेछ ।
– कृषि सेवाकालागि नियुक्त गरिने ग्रामीण कृषि र पशु सेवा कार्यकर्ता नियुक्त गर्दा स्थानीय दक्ष महिला प्राविधिकहरूलाई प्राथमिकता दिनुपर्नेछ ।

प्रतिवद्धताहरू

– स्थानीय तह संचालन कार्यविधि २०७४ अनुसार कृषि, भूमिमा भएका अधिकारहरूको बारेमा महिला किसान समुह र सहकारीहरूलाई ज्ञान हस्तान्तण गर्ने र आवश्यक सहजीकरण गर्नेछौं ।
– स्थानीय सरकारलाई बलियो, पारदर्शी र जवाफदेही बनाउन स्थानीय सरकारसंग निरन्तर सहयोग, समन्वय र हातेमालो गर्नेछौं ।
– स्थानीय निकायको योजना तर्जुमा प्रक्रियामा महिला किसानको सहभागिता र हक सुनिश्चित गर्न वार्ड तहदेखि योजना निर्माण प्रक्रियामा सक्रिय सहभागी हुनेछौं । साथै समुदाय तहबाट कृषि सुधारका योजना बनाई त्यसमा लगानी गर्न गाउँपालीका÷नगरपालिका जनप्रतिनिधिसंग हातेमालो गर्नेछौं ।
– कृषि पेशालाई मर्यादीत र आत्मनिर्भर बनाउन आफ्नो सक्रियतालाई सधैं कायम राख्नेछौं । राज्यबाट प्रदान गरिने सेवा सुविधाका बारेमा जानकारी लिई ग्रामीण महिला किसानसम्म पुर्याउनेछौं ।
– जैविक खेतीको प्रवद्धन, स्थानीय विउ संरक्षण गर्दै बाँझो जग्गाको उपयोग गर्नेछौं । भूमि र कृषि सम्बन्धि संगठनहरूलाई बलियो र ज्ञानमा आधारित बनाउने छौं । महिलाहरूलाई कृषि पेशामा आउन उत्प्रेरित गर्नेर्छौं ।
– कृषियोग्य जमिनको खण्डिकरण रोक्न प्रभावकारी भूमिका खेल्नेछौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: