-महिला खबर-
कालिकोट । मुगुमा पाठेघर खस्ने समस्या भएका महिला खुलेर बाहिर आउन सकिरहेका छैनन् ।
आङ खस्ने (पाठेघर)समस्याबाट पीडित मुगुका महिलाहरु खुलेर नआउँदा समस्या बिकाराल बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले बताएको छ ।
जिल्लामा पाठेघर खस्ने समस्याबाट कति महिला पीडित छन् भन्ने कुनै आकंलन गर्न नसकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
गमगढीमा आज कर्णाली सामुदायिक विकास मञ्चले आयोजन गरेकोे अन्तरक्रियामा जिल्ला स्थित सरोकारवाला निकायले जिल्लामा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित भएपनि खुलेर नआएको बताएका छन् ।
कर्णाली सामुदायिक विकास मञ्चका अध्यक्ष राधिका मल्लले महिलाहरु पाठेघर खस्ने समस्या लुकाएरै बस्ने गरेको बताईन् ।
‘सौरु गाउँपालीकाका तीन वडामा आङ खस्न समस्याको सर्वेक्षण गर्दा ४२ जना महिलाहरुमा यो समस्या देखिएको छ । जिल्लाका ४५ वडाका महिलाको अवस्था के होला ?’ अध्यक्ष मल्लले भनिन् ।
जिल्ला समन्वय समितिका उप–संयोजक कर्णाशील मल्लले चेतनाको अभावले महिलाहरुले आफ्ना समस्या लुकाएर राख्ने गरेको बताए ।
Comment Here!