राष्ट्रिय मर्यादित महिनावारी नीति बन्दै


महिनावारी सम्बन्धी अन्धविश्वास निरुत्साहित गर्ने लक्ष्य

प्रकाशित मिति :2017-12-25 16:31:49

–महिला खबर–
काठमाडौं । महिलाको अधिकार स्थापित गर्नका लागि भन्दै  ‘राष्ट्रिय मर्यादित महिनावारी नीति २०७४’ बन्न लागेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको पहलमा नीति तयार गर्न लागिएको हो । खानेपानी सरसफाई तथा समन्वय परिषद् जेनेभाका नेपालका प्रतिनिधि एवम् मस्यौदाका सह–संयोजक गुणराज श्रेष्ठले मस्यौदा खानेपानी मन्त्रालयमा पेश भइसकेको भन्दै छिट्टै सार्वजनिक गरिने बताए ।

मसौदाका विषयमा जनवरीको पहिलो हप्ता सरोकारवालाहरुसँग  छलफल समेत गरिने भएको छ । उनले भने,‘मस्यौदा तयार छ । छिट्टै सरोकारवालासँग छलफल पश्चात सार्वजनिक हुनेछ ।’ मस्यौदाका तयार गर्न खानेपानी तथा सरसफाई मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, स्थानीय मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका उपसचिवहरु मस्यौदा समितिका सदस्य रहेका छन् ।

के छ मस्यौदामा ?

मर्यादित महिनावारी नीतिले महिनावारी व्यवस्थापनका लागि आधारभूत सेवा र सुविधाहरूको सहज उपलब्धता, पहुँच, पर्याप्तता र प्रयोग सहित महिलाले स्वस्थ, सुरक्षित र सम्मानित जिवनयापन गर्न पाउने अधिकारको प्रत्याभूति गर्ने लक्ष्य राखेको छ ।

महिनावारीलाई मानव अधिकारको रुपमा स्थापित गर्दै शिक्षा र जनचेतनाको अभिवृद्दि गर्ने, महिनावारी सम्वन्धमा समाजमा देखिएका रुढीवादी र कुसंस्कार र कुरीति अन्धविश्वास सम्वन्धी धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्दै निर्मुल गर्ने, महिनावारी व्यवस्थापनको लागि आधारभूत सेवा तथा सुविधाको उपलब्धता र पहुँच बढाउने र जीवनका सबै चरणहरुमा उत्पन्न हुने महिनावारी सम्वन्धी शारीरिक र मानसिक स्वास्थ्यमा देखिने तत्कालिन र दिर्घकालीन समस्याहरुलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

यस्तै मस्यौदामा नेपाल सरकारले विभिन्न आयोजना तथा कार्यक्रमहरूद्वारा महिनावारी सम्वन्धीत मुद्दाहरु सम्बोधन गर्न प्रयास गरेतापनि प्रयासहरु दिगो हुन नसकेको बताइएको छ ।  मस्यौदामा भनिएको छ,‘प्रजनन् स्वास्थ्य रणनीति, (सन् १९९८) मा किशोर किशोरीको स्वास्थ्य सम्बन्धमा एक रणनीति बनेको छ जहाँ महिनावारीलाई किशोरी स्वास्थ्यको सामान्य पक्षका रुपमा लिईएको देखिन्छ । जसको अर्थ महिनावारीलाई आजीवन प्रक्रियाको रुपमा लिइएको देखिँदैन, जस अन्तर्गत रजोनिवृत्ति र रजस्वलाका अन्य पक्षहरु पर्दछन् भनिएको छ विद्यालय क्षेत्र विकास योजना (२०१६–२०२३) मा स्वास्थ्य र पोषण शिर्षक अन्तर्गत गोपनियता, महिनावारी र सरसफाइ सुनिश्चित गरेको छ ।’

विद्यालय तहको पाठ्यपुस्तक अन्तर्गत व्यक्तिगत सरसफाइ, किशोरी वयश्कमा हुने शारीरिक परिवर्तन, यौन स्वास्थ्य, महिनावारीको विषयहरुको जानकारी समावेश गरिएको छ, तथापि यसले महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पिडनका बारेमा खुलेर बोल्न सकेको पाईंदैन । सहभागिता एवम् अवसरको सन्दर्भमा लैगिक समताको बारेमा कुरा गरेतापनि महिनावारीको विषय अझै मौन भएको बताइएको छ ।

यस्तै संविधानको धारा ४७ मा संविधान प्रदत मौलिक हकहरु कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यको संविधान प्रारम्भ भएको ३ वर्षभित्र कानुनी व्यवस्था गर्नुपर्ने, आदि जस्ता संवैधानिक प्रवन्धहरुलाई मर्यादित महिनावारी नीति,२०७४ तर्जुमाका आधारका रुपमा लिईएको छ ।

मस्यौदामा सामाजिक न्याय र सामानतामा आधारित समाज एवम् लोककल्याणकारी राज्यको निर्माण गर्नेध्येय अधिकांश प्रमुख राजनैतिक दलहरुका घोषणापत्र र परिलक्ष्यहरु संविधानमा प्रतिबिम्वित भई लिपिवद्ध भएको छ भनिएको छ ।

मर्यादित महिनावारीलाई स्वास्थ्य सरसफाइ र स्वच्छता लगायत अन्तरसम्बन्धीत विषय क्षेत्रका रुपमा हेरीनुपर्ने आवश्यकता बोध सहित यसका लागि आवश्यक पुर्वाधार संरचना र सेवा एवम् सुविधाहरुको प्रक्षेपण “खानेपानी तथा सरसफाइ क्षेत्रगत दिर्घकालीन योजना दस्तावेज २०७४–२०८३” ले गरेअनुरुप प्रभावकारी कार्यान्वयनका लागि त्यसलाई राष्ट्रिय नीतिले पृष्ट समर्थन गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।

जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्याको ४६.७९ प्रतिशत प्रजनन् उमेर समूहका महिलाहरु रहेका छन् ।  महिनावारी हुनु प्राकृतिक कुरा हो जुन महिलाको प्रजनन् प्रक्रियासँग जोडिएको हुन्छ । महिनावारीका बखत रगत निक्लने क्रम ३ देखि ७ दिनसम्म चल्न सक्छ । महिनावारी एक मासिक चक्र हो जुन सामान्यतया २८ दिनको हुने गर्दछ तर कसै–कसैमा वा कहिले काहीँ २१ देखि ३५ दिनको अन्तरमा पनि हुन सक्छ । किशोरीहरू किशोरावस्थामा प्रवेश गरेपछि महिनावारी शुरू हुन थाल्छ । शारीरिक विकासक्रममा परिवर्तन हुने हर्मोनहरूको कारणले महिनावारी हुने गर्दछ । सामान्यत ९ देखि १६ वर्षको उमेरबीच किशोरीहरूमा महिनावारी सुरु भइ ४५ देखि ५० वर्ष उमेर भित्रमा सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: