अझै चुस्त ८० वर्षिया ‘शूटर दादी’


प्रकाशित मिति :2017-12-25 19:36:41

पर्काशी तोमर, भारतकी सबभन्दा जेठी पोख्त शूटर (निशानेबाजी खेलाडी) हुन् ।

असी वर्षिया यी महिलाले ६० वर्षको उमेरमा पहिलो पल्ट बन्दुक चलाएकी थिइन्। उनले आफनो लोकप्रियता लैंगिक समानताको क्षेत्रमा सदुपयोग गरिरहेकी छिन्। उनलाई गाउँमा सबैले “दादी” आर्थत हजुरआमा भनेर बोलाउँछन् ।

भारतको उत्तर प्रदेश राज्यमा दाइजोको माग पूरा गर्न नसक्दा धेरै महिला मारिने गरेका छन् । तर सोही राज्यमा अवस्थित हजूरआमाको गाउँको सामाजिक माहोल भने फरक छ।

यहाँका बासिन्दाले भन्ने गर्छन् ‘यदि कुनै केटीको विवाह हुन लागेको छ भने कसैले दाइजो माग्नेवाला छैनन्, यदि मागेमा हजूरआमाले गोली चलाउँछिन्,’ दादी भन्छिन्, ‘म कहिले विद्यालय गइनँ । कसैले मलाई पढाएनन् । म घर, गोठ र खेतबारीको काम गर्थें। तर मैले अभिरुचि भएको काम भने ६० वर्षको उमेरमा पत्ता लगाएँ । यो अवकाश पाउने उमेर हो । तर मेरो कामको शरुवात भने यही उमेरमा भयो । मलाई आफ्नो पहिचान बनाउन मन लागेको थियो, पुरा भयो ।’

दादीले आफ्नो कला एउटा बन्दुक चलाउन सिकाउने केन्द्रमा पत्ता लगाइन्। त्यहाँबाट उनका नातिनातिनीहरुले प्रशिक्षण लिएका थिए।

‘म त्यहाँ केही दिनसम्म बसेर बन्दुक चलाएको हेरें। अनि उनीहरुले मलाई बन्दुक चलाउन आग्रह गरे । त्यहाँको प्रशिक्षण दिने व्यत्तिले मैले यो क्षेत्रमा राम्रो गर्न सक्ने बताए । उनले मलाई अभ्यास गर्ने हौसला दिए । तर मैले आफू बूढी भइसकेको र अरु मान्छेहरु हाँस्लान् भनेर सोच्थें,’ दादी भन्छिन्।

उनले कसैले नदेख्ने गरी बन्दुक चलाउन चाहिने अभ्यास गरिराखिन् । उदाहरणको लागि पानीको जग एक हातले समातेर बन्दुक चलाउँदा चाहिने स्थिरता कायम राख्ने अभ्यास उनले गरिन् । ‘यो देख्दा मान्छेहरुले उनको खिल्ली उडाए,’ उनी भन्छिन्।

उनले आफ्नो प्रशिक्षण पूरा मात्र गरिनन् यो क्षेत्रको एउटा स्थापित व्यक्तिको रुपमा आफ्नो परिचय बनाइन्। उनले प्रतियोगिताहरुमा धेरै पदकहरु जितिन् र राष्ट्रिय खेलाडी बनिन्। उनी लोकप्रिय टेलिभिजन कार्यक्रमहरुमा सहभागी भइसकेकी छिन् र उनको सफलताको कथाले केटीहरुलाई यो खेललाई अँगाल्न प्रेरणा दिएको छ।

‘जब म दादीलाई देख्छु मलाई लाग्छ उहाँले शुटिङ्ग खेल खेल्नसक्नुहुन्छ भने मैलेपनि सक्छु। उहाँले मलाई कसरी बन्दुक चलाउने भनेर सिकाउनु भयो र निरन्तर प्रोत्साहन दिइरहनुहुन्छ । दादीले धेरै उपलब्धिहरु हासिल गरिसक्नु भएको छ तर अझै उहाँका ठूला लक्ष्यहरु छन्,’ एक महिला विद्यार्थीले भनिन् ।

दादीकोे सपना गाउँमै एउटा अन्तर्राष्ट्रिय स्तरको शुटिङ्ग खेल खेलाउन सक्ने केन्द्र स्थापना गर्नु रहेको छ।

साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: