बोक्सीको आरोपमा कुटिइन् महिला


प्रकाशित मिति :2017-12-26 09:59:02

-महिला खबर-
काठमाडौं । रौतहट जिल्लाको राजपुर नगरपालिका–३ बलुवाकी एक महिला बोक्सीको आरोपमा छिमेकीद्वारा कुटिएकी छिन् ।

स्थानीय जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी नेसाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक रवीन्द्र झाले नेसालाई लौराले प्रहार गरेका कारण उनको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको बताए ।

घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको बताएपछि उनीहरुले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए । कुटपिटपछि उनीहरु आफ्नी श्रीमतीलाई मलमूत्रसमेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेको उनको भनाइ छ ।
श्रीमतीलाई कुटपिट गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी भइरहेको रइद्दिनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: