हैदरावादमा बाटोमा हिंडिरहेकी युवतीलाई जलाइयो


प्रकाशित मिति :2017-12-26 15:04:17

दक्षिण भारतको हैदरावादको प्रहरीका अनुसार एउटा विवादको घटनामा भारतीय महिलालाई जलाएर मारेको भन्दै एक पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीले बिबिसीलाई भने अनुसार २५ वर्षिया सन्ध्या रानीलाई गत हप्ताको बुधवार साँझ ६ बजे घर फर्कंदै गर्दा उनीमाथि हमला गरिएको थियो। उनी एक कार्यलयमा रिसेप्सनिस्टको काम गर्थिन्।

उनलाई आक्रमणकारीले मट्टितेल खनाएर आगो लगाइदिएका थिए । मानिसहरुले रानीलाई मद्दत गर्न खोजे तर उनको अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भयो ।

दोषी उनका पूर्व सहकर्मी २८ वर्षिया कार्तिक भाङगा थिए । प्रहरीका अनुसार केहि महिना अगाडि पीडक रानीसँग एउटै कार्यलयमा काम गर्थे ।

भाङगाले दुई वर्षदेखि रानीलाई विवाह गर्न दवाव दिइराखेका थिए । रानीले भने पटक–पटक त्यो प्रस्तावलाई अस्वीकार गरेकी थिइन्। तर पीडकका विरुद्घ कुनै उजुरी दाखिल नभएको प्रहरीले बताए ।

भारतमा महिला हिंसाका घटनाहरु वाहिर आउने क्रम बढ्दै छ। सन् २०१२ मा दिल्लीको बसमा भएको समूहिक बलात्कार र हत्याको घटनापछि यस्तो हिंसा रोक्न कडा कानून बनेको छ।

यद्यपि महिला र बालबालिकामाथिका आक्रमणका घटनाहरु देशभरि समाचारमा आइरहेका छन् । भारतको सरकारी तथ्याङक अनुसार प्रत्येक वर्ष सयांै महिला माथिका आक्रमणका घटनाहरुमा एसिडको प्रयोग गरेको पाइयो । अभियानकर्ताका अनुसार ती आक्रमणका घटनाहरु रिसाहा साथी वा अपरिचित व्यक्तिहरुले गर्ने गरेको पाइएको छ ।

साभार–ः बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: