–महिला खबर–
सिन्धुपाल्चोक । वैदेसिक रोजगारीको क्रममा विभिन्न समस्यामा परेका १ सय ३६ जना जिल्लावासीले मनोसामाजिक परामर्श सेवा लिइरहेका छन् । परामर्श लिनेमा अधिकांश महिला रहेका छन् ।
कामको सिलसिलामा विदेशमा रहँदा अनेक विषयमा समस्यामा भएका व्यक्तिका परिवार र विदेशमा रहँदा भएको समस्या समाधानको लागि स्वदेश फर्केपछि समस्या भएकाहरूले सो सेवा लिइरहेका हुन् ।
योसँगै विदेश रहँदा र जानुअघि अपनाउनुपर्ने प्रक्रियाको बारेमा स्थानीय स्तरमै परामर्श प्रदान गरिएको परियोजनाकी परामर्शदाता कमला सिग्देलले जानकारी दिईन् । १ सय १८ महिला र १८ जना पुरुषले मनोसामाजिक परामर्श लिईरहेका छन् । जिल्ला समन्वय समिति अन्तरगत रहेको सुरक्षित आप्रवासन परियोजनाले सेवा प्रवाह गरेको हो ।
मनोपरामर्श सेव प्रदान गरेपछि हालसमम ८५ वटा वैदेसिक रोजगारी सम्वन्धी मुद्दाहरू दर्ता भएको र ७० वटा मुद्दाको समाधान भएको सुरक्षित आप्रवासन परियोजनाकी संयोजक रीना श्रेष्ठले जानकारी दिईन् ।
Comment Here!