रञ्जना हत्याकाण्डको पुनः अनुसन्धान गर्न परिवारको माग


प्रकाशित मिति :2017-12-27 10:46:00

–महिला खबर–

काठमाडौं । जनकपुर उपमहानगरपालिका– २ की २२ वर्षीया रञ्जना शर्माको हत्याकाण्डलाई पुनः छानबिन हुनुपर्ने माइतीले पक्षले माग गरेका छन् ।

मृतक रञ्जनाका माइतीले मंगलबार पत्रकार सम्मेलन गरी ६२ वर्षीय वृद्ध ससुराले २२ वर्षीया युवतीलाई एक्लै घाँटी थिचेर मार्न नसक्ने दाबी गर्दै घटनामा धेरैको संलग्नता भएको भन्दै पुनःछानबिन गर्न माग राखेका छन् ।

मृतककी आमा प्रभादेवीले घटनाको चार दिनपछि ससुरा ठाकुर, सासू सुमित्रादेवी शर्मा, श्रीमान् आनन्दमोहन शर्मा, जेठान अरविन्दकुमार शर्मा र रिंकुकुमारी शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएकी थिइन् ।

रञ्जनाको हत्याका बारेमा प्रहरीले ससुरा र सासू बाहेक अन्यलाई सोधपुछ समेत नगरेको प्रभाको आरोप छ ।

प्रभाले छोरी रञ्जनालाई पटक–पटक श्रीमानसहित घरका अन्य सदस्यले मानसिक यातना दिँदै आएको बताएकी छन् ।

उनले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा न्यायिक छानबिनको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको बताईन् ।

गएको मंसिर ८ गते रञ्जनाको घरमै बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा सरकारी वकिलको कार्यालयले मृतक शर्माका ६२ वर्षीय ससुरा देवनारायण ठाकुरलाई मुख्य अभियुक्त बनाई जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । सो मुद्दामा जिल्ला अदालत धनुषाका न्यायाधीश वासुदेव उप्रेतीले ८ पुसमा ठाकुरलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएका थिए ।

घटनाका आरोपी मृतककी सासू सुमित्रादेवी ठाकुरलाई सामान्य तारिखमा छाड्न आदेश जारी गरेका थिए ।

मृतकका परिवारले प्रहरी र सरकारी वकिल कार्यालय धनुषाले आर्थिक प्रलोभनमा परेर दोषीहरूलाई उन्मुक्ति दिएको आरोप समेत लगाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: