प्राविधिक शिक्षा पढ्ने छात्राका लागि छात्रावास निर्माण


प्रकाशित मिति :2017-12-27 11:04:04

–महिला खबर–

सुनसरी । प्रदेश नम्वर १ को स्थानीय तहको प्रमुखमा एक मात्र महिला रहेको झापाको कमल गाउँपालिकास्थित एक विद्यालयमा छात्रावास निर्माण सुरु गरिएको छ ।

कमल गाउँपालिका ७ स्थित श्रीकृष्ण उच्च माविमा प्राविधिक शिक्षा पढ्ने छात्राका लागि छात्रावासको गाउँपालिका अध्यक्ष मेनुका काफलेले सिल्यान्यास गरिन् ।

गाउँपालिकाको २० लाख सहयोग र विद्यालयको ५ लाख लागतमा असार सम्ममा ८ कोठे पक्कि भवन निर्माण गरिसक्ने लक्ष्य राखिएको सिल्यान्यासपछि गाउँपालिका अध्यक्ष काफलेले बताइन् ।

कृषि सम्वन्धि प्राविधिक शिक्षा अध्यापन हुने सो उच्चमाविमा पूर्वका विभिन्न ठाउँ लगायत पश्चिम नेपालदेखि पनि विद्याथी आउने गरेका छन् । ती विद्यार्थी मध्ये छात्राको संख्या बढी छ । त्यहाँ ७० जना छात्रा अध्यनरत छन् ।

टाढा टाढादेखि डेरा गरेरै पढ्न पठाउँने छात्राका अविभावकले ढुक्कसँग आफ्ना छोरीहरुलाई प्राविधिक शिक्षा पढाउँन सकुन, छात्राको सुरक्षामा कुनै कसर बाँकी नहोस् भनेर छात्रावासका लागि सहयोग गरेको अध्यक्ष काफ्लेले बताए ।

स्थानीय तहको चुनावका क्रममा मेनुका काफलेले आफूले प्राविधिक शिक्षामा जोड दिँदै महिलालाई आत्मनिर्भर बनाउँने बताएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: