पत्रकार माया पकुवालको उपचारमा सहयोग गर्न आग्रह


प्रकाशित मिति :2017-12-27 14:56:31

–महिला खबर–

सुनसरी । दुबै मृगौलाले काम गर्न छाडेपछि उपचार गराइरहेकी झापाकी पत्रकार माया पकुवालको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

वरुण साप्ताहिककी सम्पादक पकुवाल मृगौला प्रत्यारोपणका लागि बुधबार काठमाडौ गएकी छिन् । पकुवालको पारिवारिक स्रोतका अनुसार उनको उपचारमा पाँच लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । मृगौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ बढी खर्च लाग्ने अस्पतालले बताएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पत्रकार पकुवालको मृगौला प्रत्यारोपण गरिने भएको छ । उनलाई जेठाजु सौरव प्रधानले मृगौला दिने पत्रकार अम्विका भण्डारीले जानकारी दिइन् ।

४६ बर्षीया पकुवाल १५ बर्षदेखि पत्रकारितामा सक्रिय छन् । गत वैशाखमा टाउको दुख्ने समस्या भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृगौलामा समस्या देखिएको डाक्टरले बताएका थिए ।

औषधीले पनि काम गर्न छाडेपछि मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ । पत्रकार पकुवालको लागि नारी सञ्चार गृह झापाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: