भतिजी करणी गर्नेलाई १० वर्ष जेल


प्रकाशित मिति :2017-12-27 20:00:54

–महिला खबर–
काठमाडौं । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै भतिजीलाई करणी गर्ने चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश दिपक खनालको इजलासले गिरीलाई १० वर्ष सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

गिरीले गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर जबरजस्ती करणी गरेको बताइएको छ । गिरी अपाङ्गता भएका व्यक्ति हुन् । बालिकाको गुप्ताङ्ग पाकेसगैँ परिवारले धुलिखेल अस्पतालमा लगेका थिए । त्यसपछि बालिका बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए ।

बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्तीकरणी गरेको बताएकी थिइन् । त्यसपछि प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले सबै अनुसन्धान पूरा गरी कात्तिक १२ गते जिल्ला अदालत चौतारामा मुद्दा दर्ता गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: