रंगकर्मी बिना थापाको दुर्घटनामा मृत्यु


प्रकाशित मिति :2017-12-28 10:36:38

-महिला खबर-

काठमाडौं । रंगकर्मी बिना थापाको दुर्घटनामा निधन भएको छ ।  बुधबार बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी थापाको निधन भएको हो ।

बा २ ख ८९४ नम्बरको पानी ट्यांकरले थापा सवार बा५५प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिदा । गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ वर्षीया थापा राजधानीको धापासीमा बस्दै आएकी थिइन् ।

अहिले उनको शवलाई पोस्टमार्टका लागि टिचिङ अस्पातमा राखिएको छ । रिलिजको संघारमा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ र ‘डिभोर्स’मा उनको अभिनय छ ।

उनी एक्टर्स स्टूडियोमा आबद्ध रहेर रंगमञ्चमा काम गरेकी थिइन् । आशान्त शर्माले निर्देशन गरेका नाटक ‘दरौदीको पानी’ र ‘कथादेश ३’, थाङ्ला लगायतका दर्जन बढी नाटकमा उनले अभिनय गरेकी थिइन् । ठक्कद दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: