यौनदासीबारेको सम्झौतामाथि प्रश्न


प्रकाशित मिति :2017-12-28 11:10:37

दक्षिण कोरियाको विदेश मन्त्रालयले दोस्रो विश्वयुद्धका यौनदासीहरुलाई क्षतिपूर्ति दिनेबारे सन् २०१५ मा जापानसँग भएको एक सम्झौता पीडितहरुका आवश्यकता पुरा गर्न विफल भएको बताएको छ।

एक सरकारी छानबिन समितिले सो सम्झौताले पीडितका मागहरुलाई सम्बोधन नगरेको बताएपछि दक्षिण कोरिया सरकारले पछिल्लो प्रतिक्रिया दिएको हो। दुई वर्षअघिको सम्झौताले दक्षिण कोरिया र जापानबीचको दशकौं पुरानो कूटनीतिक तनाव अन्त्य गर्ने अपेक्षा गरिएको थियो।

दक्षिण कोरियाली अभियानकर्ताहरुका अनुसार दोस्रो विश्व युद्धका बेला करिब दुई लाख महिलालाई जापानी सेनाको वेश्यालयमा काम गर्न वाध्य तुल्याइएको थियो।

क्षतिपूर्ति

आलोचकहरुले चाहिँ दुई वर्ष अघिको सम्झौताले पीडित महिलाका गुनासालाई सम्बोधन नगरेको, जापानको कानुनी दायित्व उल्लेख नगरिएको र पीडितलाई प्रत्यक्ष क्षतिपूर्ति नदिएको बताउने गरेका छन्।

दक्षिण कोरियाली विदेश मन्त्री काङ क्युङ्-ह्वाले पत्रकारहरु समक्ष बोल्दै त्यसबारेको दुई वर्ष अघिको सम्झौताले पीडित महिलाका आवश्यकता सम्बोधन गर्न विफल भएको बताइन्।

उनका अनुसार एक सरकारी छानबिन टोलीले ‘कम्फर्ट विमिन’ भनिने ती महिलाका धारणालाई त्यो द्वीपक्षीय सम्झौताले सम्बोधन गर्न सकेको छैन।

त्यसबारे प्रतिक्रिया दिंदै जापान सरकारका प्रवक्ता योशिहिदे सुगाले एक पत्रकार सम्मेलनमा पीडितहरुका धारणालाई सम्मान गरिने बताए।

उनले अन्तर्राष्ट्रिय समुदायले समेत सराहना गरेको त्यो सम्झौता कार्यान्वयन गर्नु दुबै पक्षको हितमा हुने उनले बताए।

चिसोपन

‘कम्फर्ट विमिन’ भनिने पीडित महिलाको मुद्दाले जापान-दक्षिण कोरिया सम्बन्धमा लामोसमयदेखि चिसोपन ल्याइरहेको छ।

अब दक्षिण कोरियाली सरकारले छानबिन समितिको निस्कर्षको अध्ययन गर्ने र पीडित महिलालाई पुन: भेटेर उनीहरुका गुनासा सुनिने योजना बनाएको विदेश मन्त्री काङ क्यूङ- ह्वाले बताइन्।

उनको भनाइमा पछिल्लो सम्झौताले पीडितमुखी भएर मानव अधिकारका मुद्दा हल गर्ने विश्वव्यापी मापदण्डलाई सम्बोधन गर्न विफल भएको छ। सन् २०१५ को सम्झौतामा जापानले क्षमायाचना गर्दै पीडितको सहयोगका लागि १ अर्ब जापानी येन तिर्ने उल्लेख गरिएको थियो।

त्यसबारे जापानी प्रधानमन्त्रीले माफी माग्ने र घटनाबारे जिम्मेवारी लिइने भनिएको थियो। बदलामा दक्षिण कोरियाले सोल र बुसानस्थित जापानी नियोग बाहिर बनाइएका ‘कम्फोर्ट विमिन’ जनाउने मूर्ति हटाउनेतर्फ काम गर्ने भनिएको थियो।

साभारः विविसी

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: