महिला आन्दोलनले जागरण ल्याएको भनाइ


प्रकाशित मिति :2017-12-28 11:39:36

–महिला खबर–

काठमाडौ । विभिन्न राजनीतिक दलका महिला नेताहरूले महिला आन्दोलनले समानताको जागरण ल्याएको बताएका छन् ।

महिला अधिकार शान्ति र सुशासनका लागि क्रियाशील जागरण नेपालद्वारा आयोजित स्थानीय सुशासन, निर्णायक तह र सवलिकरण विषयक छलफल कार्यक्रममा विभिन्न जिल्लाहरूबाट सहभागी महिला नेताहरूले संविधानले दिएको अधिकार व्यवहारमा उतार्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष अक्ष्टलक्ष्मी शाक्यले स्थानीय तह र संघिय निर्वाचनबाट निर्वाचित महिलाहरूले काम गरेर देखाउने समय आएको बताइन् ।

उनले महिला आन्दोलनले महिलाहरूको चेतनामा वृद्धि गरेको भन्दै महिला अधिकार, परिचय र पहिचान स्थापित गर्न समेत कोसेढुङ्गा साबित भएको बताइन् । यस्तै महिला मैत्री संविधान बनाउन पनि महिला आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको शाक्यले बताइन् ।

कार्यक्रममा इलाम झापा, ताप्लेजुङ, पाँचथर, काभ्रे र मोरङ जिल्लाका स्थानीय तहका विभिन्न राजनीतिक दलका महिला नेताहरूको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: