‘प्रतिरक्षा गर्दा यसरी किक हान्नुपर्छ’


प्रकाशित मिति :2017-12-28 13:14:14

–लिलाराज भट्टराई–

सुनसरी । सुनसरीको गढि गाउँपालिका १ मधेलीकी सरीता चौधरी इटहरीमा जागिर गर्थिन् । इटहरी पुग्न खनारसम्म एक घण्टा साइकलमा र त्यसपछि गाडीमा जानुपथ्र्यो । कहिलेकहीँ फर्कदा रात पथ्र्यो । खनारदेखि साइकलमा फर्कदा केटाहरूले पछ्याउँथे । डरले मुटु ढुकढुक गथ्र्यो । केटाहरूले जिस्क्याउदा, दुर्वाच्य बोल्दा नदेखे, नसुनेजस्तो गरेर हिड्नुपथ्र्यो ।

अहिले परिस्थिति फेरिएको छ । सरीता चौधरी निर्धक्क रातविरात हिड्न सक्छिन् । उनलाई रत्तिभर पनि डर लाग्दैन । कोही कसैले जिस्क्याउने हिम्मत पनि गर्दैन । सरिताको भने हिम्मत बढेको छ– कोही आइलागे, जाइजाग्ने ।

महिला तथा वालवालिकाको न्यायमा पहुँच परियोजना अन्र्तगत मानवअधिकार सञ्चार प्रतिष्ठान इहिकनले संचालन गरेको तीन महिने प्रतिरक्षा तालिमपछि उनको हिम्मत आकासिएको हो ।

‘शारीरिक र मानसिक रुपमा आइलाग्ने हिंसाबाट जोगिन र समस्या आइलागे प्रतिकार गर्ने तौरतरिका पनि जानियो । आफू सक्षम हुँदा अरुसँगको डर आफै हट्दो रहेछ’ सरिताले खुसीका साथ भनिन् ।

‘तालिमले आत्मविश्वास उच्च बनाइदियो । अब केहि टेनसन छैन । चाहेको काम गर्न सक्छु । हाम्रो गाउँमा मार्सल आर्ट किसिमको यस्तो तालिम अहिलेसम्म कसैले दिएका पनि थिएनन्, लिएका पनि थिएनन् । तालिमपछि हाम्रो गाउँका किशोरीहरूमा सकारात्मक परिवर्तन आएको छ ।’

गत जेठमा सरिता जस्तै मधेलीका १० जना किशोरीहरूले तीन महिने प्रतिरक्षा तालिम लिएका थिए । अम्विका चौधरीको पनि सरिताको जस्तै अनुभूती छ । अहिले त कहिँ कतै डर लाग्दैन । केटाहरूले जिस्क्याए मुखले जवाफ दिने, हातपात गरे कुटपिटकै जवाफ दिन पछि नपर्ने अम्विकाको भनाइ छ ।

अम्विका सारदा उच्च मावि खनारमा पढ्छन् । उनले प्रतिरक्षा तालिम लिएको थाहा पाएपछि पहिला जिस्क्याउने केटाहरू सतर्क बनेको महसुस गरिरहेकी छन् ।

१४ वर्षीया किशोरी इशा विकको तालिमपछि शारीरिक स्वास्थ्य पनि राम्रो भएको अनुभूति छ । ‘धेरै फाइदा हुँदोरहेछ’ इशा भन्छन्, ‘आफ्नो प्रतिरक्षा गर्न सकियो, कोहि समस्यामा भए उसलाई सहयोग गर्न पनि सकियो । स्वास्थ्य पनि तन्दुरुस्त भयो ।’

प्रतिरक्षा तालिम पाएका मधेलीका १० जना किशोरीले आफूले तालिम लिएपछि आफूजस्तै किशोरीहरूलाई पनि सिकाउँदै छन् ।

मधेलीको गुटी मैदानमा विहान साढे छ बजेदेखि नै प्रतिरक्षा तालिम लिएका १० जना किशोरीले अरु १५ जना किशोरीलाई आफूले सिकेको सीप सिकाइरहेका छन् ।

कामक्ष विद्या मन्दिर कक्षा ३ मा पढने ८ वर्षीया योजना चौधरी विहान विहान प्रतिरक्षा तालिम लिइरहेकी छन् ।

‘प्रतिरक्षा गर्दा यसरी किक हान्नुपर्छ’ पञ्च भन्ने देखाउदै उनले भनिन्, ‘यो सिक्न थालेपछि त भित्रैदेखि हिम्मत पो बढ्दो रहेछ ।’

दुइटा सन्तानकी आमा सरिता विकले पनि गाउँका किशोरीले तालिम लिएर अरुलाई पनि सिकाएने देख्दा आफूजस्ता मधेलीका अरु आमाहरूलाई पनि प्रतिरक्षा तालिम लिन मन लागेको बताइन् ।

४६ बर्ष कटेकी दशनी चौधरी गढि गाउँपालिका १ मधेलीका वडाध्यक्षकी श्रीमती हुन् । उनले गाउँका किशोरीले लिएको तालिम आफूलाई पनि लिन मन लागेको बताइन् ।

‘दुई चार दिन जीउ दुख्ला । तर दिनहुँ सिकेपछि ठीक हुन्छ भन्ने लागेको छ । अवसर पाए म पनि सिक्छु यो कला ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: