–महिला खबर–
पाँचथर । पाँचथरवाट अमेरीकामा गएर अध्ययन गरिरहेकी मुना पाण्डेको सहयोगमा पाँचथर फिदिम ४ गढि माविमा अध्ययनरत १३ जना दृष्टिविहीन वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
अध्ययनको क्रममा अमेरीका पुगेकी फिदिम १ कि मुना पाण्डेले आफ्ना वुवा बसन्तराज पाण्डे मार्फत वालवालिकाहरुलाईसहयोग प्रदान गरेकी हुन् । वालवालिकाहरुको जाडोलाई ध्यानमा राखेर छोरीले ट्रयाक सुट, भेष्ट, टी सर्ट चप्पल जस्ता सामाग्रीहरु वितरण गरीदिन अग्रह गरे बमोजिम आफुले सामग्री खरिद गरी वितरण गरेको मुनाका वुवा बसन्तले बताए ।
बुधवार विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी होमागाई खतिवडाले मुनाको कलिलै उमेरमा सामाजिक कामप्रति देखिएको सेवाको प्रशंसा गर्दैै पाँचथरमा सामाजिक क्षेत्रमा काम गर्नेहरुप्रति धन्यवाद दिएकी थिइन् ।
पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विशेष कक्षामा अध्ययनरत सवै ९१३ जना० वालवालिकाहरुलाई सो सहयोग प्रदान गरीएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र लावती, महिला तथा वालवालिका कार्यालयका प्रमुख निर्मला दाहाल, संचारकर्मीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
Comment Here!