–महिला खबर–
काठमाडौं । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा.चौधरीलाई सचिवमा नियुक्त गरेको हो ।
डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको हो ।
स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । डा.चौधरी स्वास्थ्य सचिवमा बढुवा भएसँगै स्वास्थ्य मन्त्रालयले डा.क्टर सचिवका रुपमा तीन जना सचिव पाएको छ । यसअघि डा. किरण रेग्मी र डा. सुधा शर्मा स्वास्थ्य सचिव थिए ।
Comment Here!