सञ्चारिका सहकर्मी घले पुरस्कृत


प्रकाशित मिति :2017-12-28 17:07:05

–महिला खबर–

काठमाडौं । सञ्चारिका सहकर्मी प्रेमकुमारी घले ‘सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कार २०७४’ बाट पुरस्कृत भएकी छन् ।

तमू(गुरुङ) सञ्चारकर्मी संघले घलेलाई सञ्चार क्षेत्रमा सक्रिय रहि तमू समूदायको समृद्धीका लागि पु¥याएको योगदानको कदर गर्दौ आज काठमाडौंमा एक कार्यक्रमकाबिच पुरस्कृत गरेको हो । घले सञ्चारिका समूहद्धारा संचालित महिला खबर डटकमको परामर्शादाता तथा पूर्व सम्पादक हुन् ।  पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।  घले सामुदायिक रेडियो मस्र्याङदी लमजुङकी सचिब एवं पूर्व स्टेसन म्यानेजर हुन् । विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल घले यसअघि कान्तिपुर दैनिकका लमजुङ संवाददाताकाे रुपमा समेत कार्यरत थिइन् ।

घलेसगैँ पूर्वप्रधानसेनापति छत्रमान सिंह गुरुड तथा श्रीमती कमला गुरुड पत्रकारिता पुरस्कार पत्रकार दण्ड गुरुड र अमृत भातगाउँलेलाई प्रदान गरिएको छ । त्यस्तै तमु आदिकवि हर्कबहादुर गुरुड स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन गुरुड, लक्ष्मी गुरुड पत्रकारिता पुरस्कारबाट देवीकुमारी घले, सीआई टेकबहादुर गुरुड तथा श्रीमती रसकुमारी गुरुड पत्रकारिता पुरस्कारबाट रामबहादुर गुरुड र तमु पत्रकारिता पुरस्कार राम गुरुडलाई प्रदान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट गुरुड समुदाय र राज्यका लागि महत्वपूर्ण योगदान पुरयाएको भन्दै उहाँहरुलाई सम्मान गरिएको तमू संचारकर्मी संघले जनाएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: