गुरुङ भाषाको कविता प्रतियोगितामा कुसुम पहिलो


प्रकाशित मिति :2017-12-29 14:26:55

–बेलिना थापा–

लमजुङ । गुरुङ समुदायको महानपर्व ल्होसारको अवसरमा लमजुङ सदरमुकाम बेसिशहरमा आयोजना गरिएको गुरुङ कविता प्रतियोगितामा कुसुम गुरुङ पहिलो भएकी छन् ।

बेसिशहर नगरपालिका ७, मनाङेचौतारा निवासी गुरुङ कविता प्रतियोगितामा पहिलो भएकी हुन् । गुरुङले प्ह्रेंस्यो अर्थात दुलहीमा समावेश गरिएको ‘माया पिरती’ बोलको कविता वाचन गरेकी  थिइन् । उनी मनाङे चौतारा तमू आमा समूहको तर्फबाट प्रतियोगितामा सहभागि भएका हुन् ।

प्रतियोगितामा पहिलो भएपछि उनले मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि थप हौसला मिलेको बताइन् । प्रतियोगितामा तमु प्ये ल्हु संघ लमजुङको युवा संघका अध्यक्ष शेषबहादुर गुरुङ दोस्रा भए । प्रगतिटोलका जनकबहादुर गुरुङ तेस्रो भएका छन् ।

आयोजक तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङले पुस १५ गते तमू संग्रहालयमा आयोजना गरिने औपचारिक कार्यक्रममा विजयीलाई पुरस्कार वितरण गरिने जानकराी दिए ।

यसैगरी, बिहीबारनै आयोजना गरिएको बेंसीसहरस्थित टोल–टोलका गुरुङ आमाहरूबीचको हाजिरीजवाफ प्रतियोगितामा मनाङे चौतारा तमू आमा समूह पहिलो भएको छ । प्रतियोगितामा प्रगतिटोल आमा समूह दोस्रो, शान्तिटोल आमा समूह तेस्रो र तमु प्ये ल्हु संघको आमा समूह सान्त्वना भएको संघकी सचिव मनमाया गुरुङले बताइन् ।

हाजिरीजवाफमा गुरुङ भाषा, संस्कार, संस्कृतिलाई प्राथामिकतामा राखेर प्रश्नावली तयार पारिएको उनले बताइन् । यस्तै, जिल्लाबाट प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित तथा जनप्रतिनिधिमा निर्वाचित स्थानीय तहका नेता, गुरुङ समुदायका केन्द्र तथा जिल्लामा रहेका संघसंस्था प्रमुख ब्यक्ति तथा चर्चित व्यक्तिको नामावली समेत सोधिएको उनले बताइन् ।

गुरुङ समुदायमा भाषा र संस्कृतिको प्रयोग घट्दो क्रममा रहेकाले यसलाई संरक्षण र संवद्र्धन गर्न कविता प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको तमु प्ये ल्हु संघका अध्यक्ष गुरुङले बताए । गुरुङ समुदायले बुधबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाइरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: