रामेछापकी १० वर्षीया बालिकाले जितिन अन्तराष्ट्रिय उपाधी


प्रकाशित मिति :2017-12-29 15:04:12

–महिला खवर–

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका पकरबासकी १० वर्षीया बालिकाले नेपालका तर्फबाट सहभागिता जनाउँदै अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी छन् ।

काठमाडौं बस्दै आएकी पकरबासकी विशेषता बुढाथोकीले केही समय अघि ब्राजिलको साउपाउलोस्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा भएको २०१७ को लिटिल मिस क्वीन इन्टरनेशनल प्रतियोगितामा बेस्ट अफ द बेस्ट अवार्डसहित फस्ट रनर्सअपको उपाधि जितेकी हुन् ।

प्रतियोगितमा नेपालका तर्फबाट सहभागि विशेषतासँग विश्वका ३१ देशका मिस क्विनको सहभागिता रहेको थियो । प्रतियोगितामा विशेषताले डिजाइनर उत्तम बनेपालिले तयार पारेको जीवित देवी कुमारीको ड्रेसले बेस्ट ड्रेस विधाको अवार्ड पनि जितेको छ ।

बालुवाटारमा रहेको जोन डेवी स्कुलमा कक्षा ५ मा अध्ययनरत विशेषतालाई ई–प्लानेट प्रालिले प्रतियोगितामा सहभागि गराउन पठाएको हो ।

यस अघि पनि विशेषताले टर्कीको बोड्रममा सम्पन्न लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड समेत जितिसकेकी छन् ।

उपाधी जितेसँग उनले नेपालको नाम चम्काउन सफल भएकोमा आफैलाई धेरै खुसी लागेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: