पेन्सिल तिखार्न नसकेको भन्दै नौ वर्षीया बालिकालाई कक्षा कोठामै कुटपिट


प्रकाशित मिति :2017-12-29 15:36:36

सविना बेहेना

–रुपा गहतराज–

बाँके । नेपालगन्ज उप–महानगरपालिका–१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्ययनरत नौ वर्षीया बालिका विद्यालय भित्रैै शिक्षकको कुटपिटबाट घाइते भएकी छन् ।

स्थानीय सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसेकेको भन्दै आइतबार शिक्षक कृष्णमुरारी सिंहले निर्घात कुटपिट गरेको आरोप छ ।

कक्षा कोठमा आक्रोसित मिजसमा आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई तीन पटकसम्म प्रयास गर्दा नसकेपछि अबोध बालिकालाई गालामा चड्कन हान्नुका साथै विद्यालयको भित्तामा टाउको ठोक्याएको आरोप छ ।

बालिका सविनाले शिक्षकले आफूलाई कपीमा लेख्न लगाएको र लेख्नका लागि पेन्सल तिखार्दै गर्दा धेरैपटक पेन्सिलको टुप्पो भाँचिएपछि यति पनि गर्न नसक्ने भन्दै चार–पाँच पटक हातले गालामा हिर्काएको बताइन् ।

‘सरले पिटेपछि मलाई दुख्यो । म रोए । सरले रोएको भन्दै झन् रिसाएर मेरो घाँटीमा समात्नुभयो र भित्तामा ठोक्काउनुभयो’ सविनाले भनिन् ।

शिक्षक सिंहको पिटाइबाट बालिकाको गाला सुनिएको छ भने टाउकोमा चोट देखिएको छ ।

बालिकाका बुुबा मुनिर बेहेनाले उक्त विद्यालयमा सँधै बाललिकालाई कुटपिट गर्नुका साथै हप्काएर नै पढाउने गरेकाले शिक्षकलाई आवश्यक कारबाही गराउन माग गरेका छन् ।

यता जिल्ला शिक्षा कार्यालय र नगरपालिका क्षेत्रमा शिक्षाको प्रमुख जिम्मेवारी पाएका सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापाले घटनाको विषयमा कुनैपनि जानकारी नआएको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: