मोबाइलबाट गर्भवती महिलाको तथ्यांक


प्रकाशित मिति :2017-12-29 16:27:12

–महिला खबर–

बैतडी । बैतडी जिल्लामा मोबाइलबाट गर्भवती महिलाको तथ्यांक राख्न सुरु गरिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले तथ्यांक सुरु गरेको हो ।

मेडिक मोबाइलका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर तथ्यांक राख्ने राख्न थालिएको बताए । पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ । अन्य स्थानीय तहका स्वास्थ्य स्वयंसेविकालाई समेत तालिम दिन थालिएको अधिकृत खड्काले बताए ।

स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थनर्स ममता जोशीले बताइन् ।

उनले भनिन् ‘यो कार्यक्रमले मातृदर र बालमृत्युदर घटाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।’

यसैबीच बैतडीको पाटनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मोबाइल कार्यक्रमले सहज भएको बताइएको छ । सो स्थानमा एक महिना अघिदेखि मोबाइल कार्यक्रम सुरु भएको हो । पाटन नगरपालिकामा रहेका गभर्वती महिलाको गर्भ जाँच गर्न महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज आउने गरेको उनीहरूको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: