घरमै नागरिकता पाउँदा दंग


प्रकाशित मिति :2017-12-30 12:21:28

-महिला खबर –
काठमाडौं । गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका लीला श्रेष्ठ, शिला श्रेष्ठ र राजीव श्रेष्ठ घरमै नागरिकता पाउँदा शुक्रबार दंग थिए ।  एकै घरका तीनै जना जन्मजात अपाङ्ग हुन् । तीन जनालाई नै घरमा पुगेर नागरिकता दिइएको हो ।

वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका अपाङ्ग दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब सुब्बाद्वय मीनप्रसाद लामिछाने र हरिराम श्रेष्ठले नागरिकता हस्तान्तरण गरे ।  लीला २०४५ मा जन्मिएकी हुन् भने उनको बहिनी लीला २०५९ र २०५६ सालमा जन्मिएका राजीव जन्मिएका हुन् । उनीहरुलाई वंशजका आधारमा नागरिकता दिइएको हो । बाबु धनबहादुरले अपांगता परिचयपत्र बनाएपनि बोकेर जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा छोराछोरीको नागरिकता बन्न नसकेको बताए । प्रशासनबाट नागरिकतासम्बन्धी ढड्डा बोकेर अधिकृत र नासुसहित वडाध्यक्ष नागरिकता बनाउन कोटगाउँ पुगेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: