-महिला खबर-
विराटनगर । असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । बाल समाज मोरङले आयोजना गरेको महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवादमा सहभागीहरुले बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
लिंगको पहिचान गर्ने कार्यले बढी गर्भपतन गराउँदा विकृति उत्पन्न हुने बताएका थिए । कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलले कानूनले निर्दिष्ट गरेअनुसार सुरक्षित गर्भपतन गराउन आग्रह गरे । मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बाल यौन शोषणका अपराधीलाई कानूनको दायरामा ल्याउने कार्यमा सहयोग गर्ने बताए ।
विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले असुरक्षित गर्भपतनबाट हुने जोखिम तथा भविष्यमा हुने असरका विषयमा युवा वर्गलाई सचेत गराउनुपर्नेमा जोड दिइन् ।
Comment Here!