–महिला खबर–
बाँके । नगर क्षेत्रमैै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगञ्जमा मोबाइल हेल्प सञ्चालनमा ल्याइदैछ ।
मातृ तथा बाल मृत्यू दर कम गर्न मेडिकल मोबाइलको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारको मातृ तथा बाल स्वाथ्य सुरक्षा सम्वन्धी मोवाइल स्वास्थ्य कार्यक्रम अन्तर्गत सेवा प्रवाह बारे शुक्रबार वडा अध्यक्षहरुलाई अवगत गराइएको छ । उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले प्रविधिसँगै सेवा प्रवाहबीचको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उप प्रमुख उमा थापा मगरले मोबाइलमार्फत स्वास्थ्य सचेतनासँगै जीवन सुरक्षा गर्ने सम्वेदनशील जिम्मेवारी भएकाले यसको आवश्यकता बढ्दै जाने दाबी गरिन् ।
जन स्वास्थ्य कार्यालयका प्रमुख खीम बहादुर खड्काले नगरमा रहेका दुई सय १ महिला स्वास्थ्य स्वयं सेवीकालाई मोवाइल वितरण गरिनुका साथै मोबाइल म्यासेज सेन्टर स्थापना गरेर वितरित मोबाइलमा आवश्यक सन्देश, सेवा सूचना प्रवाह गरिने जानकारी दिए ।
खडकाका अनुसार सेन्टरमा गर्भवती महिलाको सम्पूर्ण रेकर्ड अपडेट गरिने छ ।
मोवाइल सेवा सञ्चालन बारे ३ दिने तालिम पश्चात स्वास्थ्यकर्मीले अब वडामा स्वास्थ्य स्वयं सेवीकालाई प्रशिक्षित गर्नेछन् । नियमित सुरक्षा सचेतना नअपनाउँदा वर्षेनी गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।
Comment Here!