–सृजना अर्याल–
नवलपरासी । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरूको भूमिका महिला अधिकार सुनिश्चिताको लागि दरिलो आधार भएको भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले बताएकी छन् ।
राष्ट्रिय महिला अधिकार मञ्चको दशौं वार्षिक उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपमेयर शाहले यस्तो बताएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथी शाहले समानतामा आधारित समाज निर्माण हुन अझैं नसकेकोमा चिन्ता व्यक्त गर्दै समानताको लागि सबै वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मान्छेहरू एकजुट हुनुपर्ने औल्याइन् ।
उनले महिला वर्गको हक अधिकारका लागि सामाजिक संघ सस्थाको भूमिका उल्लेखनिय रहेको समेत बताइन्।
कार्यक्रमका विशिष्ठ अतिथी गैडाकोट नगरपालिकाकी उपमेयर विष्णु कण्डेल सापकोटाले महिला हिंसामा मदिराजन्य वस्तु कारकतत्व रहेको भन्दै महिला हिंसा न्यूनिकरणका लािग मदिरा नियन्त्रणका अभियानहरू चलाउनु पर्ने धारणा राखिन् ।
उनले महिलाको आर्थिक पाटो मजबुत हुन सक्यो भने पनि महिला सशक्तिकरणमा टेवा पुग्ने बताइन् ।
शुक्रवारदेखि नवलपरासीको विजय विकास स्रोत केन्द्रमा सुरु भएको वार्षिक परिषद्को महिला अधिकार मञ्च, नेपाल ऐेतिहासीक यात्रा विषयक किताबको विमोचन गरि उद्घाट गरिएको थियो ।
सो कार्यक्रममा मञ्च पर्सा जिल्लाकी अध्यक्ष राजकुमारी उपाध्याय र मञ्चमा आवद्ध रहेका स्थानिय निवार्चनमा निर्वाचित ३२ जना महिलालाई सम्मान गरिएको छ ।
वि.स २०६५ सालमा स्थापना भएको मञ्चको हाल ३२ जिल्लामा शाखाहरू गठन गरिएको छ भने अन्य ३ जिल्लामामा पनि सञ्जाल विस्तार तयारी गरिरहेको बताइएको छ ।
आज शनिबारसम्म सञ्चालन हुने वार्षिक परिषद्मा संघिय कानुन बनाउँन कस्तो किसिमको दबाबमूलक कार्यक्रमहरू गर्ने , संघिय संरचनामा मञ्चलाई कसरी सबलीकरण गर्ने लगायतका विविध विषयमा छलफल गरिने मञ्चका सचिवालय संयोजक विजु कण्डेले जानकारी दिए ।
मञ्चमा नेपालका ४८ हजार ७ सय ६७ जना महिला आवद्ध छन् ।
Comment Here!