महिलामाथि कुटपिट र दुव्र्यवहार गर्ने पक्राउ


प्रकाशित मिति :2017-12-31 16:02:37

-नरेन्द्र बस्नेत-
मोरङ । मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछि टोलकी एक महिलामाथी कुटपिट र दुव्र्यवहार भएको छ ।  गत शुक्रबार दिउँसो (बसन्ती देवि) नाम परिवर्तन लाई स्थानीयहरुले मरणासन्न हुने गरी कुटपिट गरेको पिडितले बताएकी छिन । कुटपिटपछि उनलाई कालोमोसो दल्नुका साथै गाउँनिकाला गर्ने क्रममा प्रहरीले खबर पाएलगत्तै महिलाको उद्धार गरेको छ ।

महिलाका श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका छन । ती महिलाले केही महिनाअघि स्थानीय राजकुमार ठाकुरसँग दोस्रो विवाह गरी अन्यत्रै गएकी थिइन् । उनका तीन सन्तान छन ।  केही दिन अघि गाउँ फर्कीएका उनीहरुलाई गाउँलेले लेनदेनको विषयलाई लिएर दुबै जनालाई कुटपिट गर्नुको साथै महिलालाई कालोमोसो, जुत्ताको माला लगाएर गाउँ निकाला गरेका थिए । सो घटनामा संलग्न रहेका रंजित ठाकुर, कुलान्द ठाकुर, गोवर्धन ठाकुर, महानन्द ठाकुर, सरिता ठाकुर, प्रकाश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटनामा संलग्नलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यलाई समेत खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संन्जिवबाबु खड्काले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: