मानव बेचबिखन गर्ने ढुङ्गेल पक्राउ


प्रकाशित मिति :2018-01-01 14:10:17

-महिला खबर-

काठमाडौं । विभिन्न प्रलोभनमा पारी दक्षिण अफ्रिकामा पु¥याई मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का चित्रप्रसाद ढुुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ ।

हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्दै आएका ३५ वर्षीय ढुुङ्गेललाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले शनिबार पक्राउ गरेको हो ।

ढुुङ्गेलले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा राम्रो रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति ७ लाख रुपैयाँ वा सो भन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पु¥याई पीडितहरुलाई बिना पारिश्रमिक काम लगाई मानसिक तथा शारीरिक यातना दिने जस्ता अभद्र व्यवहार गरी अलपत्र पारेपछि पीडितहरु भागेर नेपाल आएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: