-महिला खबर-
काभ्रे । नमोबुद्ध नगरपालिका –१ की ३७ बर्षीया फुलमाया तामाङको बसको ठक्करबाट मृत्यु भएपछि वीपी राजमार्गमा तनाव भएको छ ।
पुस १६ गते धुलिखेल नगरपालिका ११ मा बा. ३. ख ५९५५ नम्बरको सगरमाथा यातायात को बसको ठक्करबाट घाइते भएकी तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो ।
तामाङको परिवारलाई दिने क्षतीपूतीको विषयलाई लिएर राजमार्ग अवरोध गर्न आफन्तलाई प्रहरीले हटाउन खोज्दा राजमार्ग तनावपूर्ण भएको हो ।
पीडित पक्षले पुस १७ गते क्षतिपूर्तिको विषयमा जिल्ला प्रशासन कार्यलयमा भएको वार्ता नमिलेपछि बिहानैदेखि राजमार्गको पात्लेखेत खण्डमा अवरोध गरेका थिए ।
प्रहरीले बल प्रयोग गरेर राजमार्गको अवरोध हटाएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको स्थानीय सञ्जय न्यौपानेले जानकारी दिए ।
Comment Here!